काठमाडौंमा उच्च बनेको वायु प्रदूषण आइतबार पनि उस्तै – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

काठमाडौंमा उच्च बनेको वायु प्रदूषण आइतबार पनि उस्तै

काठमाडौं । पछिल्लो दुई सातायता काठमाडौंमा उच्च बनेको वायु प्रदूषण आइतबार पनि उस्तै छ । अन्तर्राष्ट्रिय सूचकांक आईक्यू एयरको सूचीमा काठमाडौं आइतबार बिहान १०ः४५ बजे तेस्रो प्रदूषित सहरमा सूचीकृत भएको छ ।

आइक्यू एयरका अनुसार सो समयमा काठमाडौंमा वायु प्रदूषणको मात्रा १६२ यूएस एक्यूआई (एयर क्वालिटी इन्डेक्स) छ । विश्वका १२२ प्रदूषित सहरमध्ये पहिलो नम्बरमा भारतको दिल्ली र दोस्रोमा बंगलादेशको ढाका छन् । वातावरण विभागको वायुको गुणस्तर सूचकांकमा कीर्तिपुर, भक्तपुर, खुमलटार, रत्नपार्कमा प्रदूषणको मात्रा १५६ देखि १६२ एक्यूआई छ ।

काठमाडौंमा छिटफुट वर्षा भए पनि देशका विभिन्न स्थानमा डढेलोका घटना भइरहेकाले प्रदूषण कम नभएको विज्ञहरू बताउँछन् । विभागका उपमहानिर्देशक तरादत्त भट्ट ठूलो हावाहुरी वा वर्षा नभएसम्म प्रदूषणको मात्रा नघट्ने बताउँछन् । वायु प्रदूषण उच्च भएसँगै आँखा, छाला र श्वासप्रश्वासमा विभिन्न समस्या निम्तिन सक्ने भएकाले सजग रहन विज्ञहरूको सुझाव छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ बैशाख २, १२: १२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ बैशाख २, १२: १२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८१ बैशाख २, १२: १२

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...