धनकुटाको ऐतिहासिक विहिबारे हटियमा कोप्चे उत्सव शुरु,वरिष्ठ समाजसेवी कर्माचार्यलई सम्मान – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

धनकुटाको ऐतिहासिक विहिबारे हटियमा कोप्चे उत्सव शुरु,वरिष्ठ समाजसेवी कर्माचार्यलई सम्मान

धनकुटा, दोस्रो कोप्चे उत्सव हिले देखी धनकुटाको ऐतिहासिक विहिवारे हटियमा कोप्चे पुर्नर जागरण अभियानको आयोजना शुरु भएको छ । सोहि आयोजनामा वरिष्ठ समाजसेवी श्रीमती रम्भादेवी कर्माचार्यलाई सम्मान गरिएको छ ।

बैशाख १ देखि सुरु भएको आयोजना तिन दिनसम्म संचालन हुने उक्त कोप्चे उत्सवको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले उद्घाटन गर्दै सिङ्गो धनकुटा नगरको विकास र समृद्धीका लागी कोप्चे उत्सवले महत्पूर्ण योगदान पुग्ने वताएका छन् ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले कोप्चे उत्सवले सवैमा जागरण ल्याउँदै आएको वताउँदै कोप्चे उत्सवले कोप्चेलाई पर्यटन उद्योग मार्फत पुर्नस्थापित गराउने वताए ।

कोप्चे पुर्नरजागरण अभियानका अध्यक्ष रिजन पोखरेलको अध्यक्षतमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा समाजसेवी पूर्व डिआईजी दिनेश अमात्य, नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई, इन्दु प्रधान, ईसिमोडका अनु लामा लगायतले अव धनकुटाको विकास पर्यटन उद्योगबाट चाँडै गर्न सकिने वताए थिए । उक्त आयोजनामा स्वागत मन्तव्य धनकुटा नगरपालिका वडा नं. ५का वडाध्यक्ष धनकुमार राईले गरेका थिए ।

धनकुटाको कोप्चेको विकासका लागी समाजिक क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउँदै आईरहेका वरिष्ठ समाजसेवी वसन्त कुमार कर्माचार्यका श्रीमती समाजसेवी रम्भा देवी कर्माचार्यलाई धनकुटा नगरपालिकाका मेयर  चिन्तन तामाङले सो अवसरमा दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रमको संचालन कोप्चे पुर्नरजागरण अभियानका अभियान्तहरु राम वहादुर श्रेष्ठ र आकृती आठपहरियाले गरेका थिए ।

बैशाख ३ गते सम्म संचालन हुने कोप्चे उत्सवमा सांस्कृतिक प्रस्तुती सहित विभिन्न जातिय खानेकुरा लगायत विभिन्न खानाका स्टलहरु र हस्तकलाका समाग्रीहरु गरी दुई दर्जन जती स्तलहरु रहेको कोप्चे उत्सवका अध्यक्ष रिजन पोखरेलले वताए ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ बैशाख २, १५: २६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ बैशाख २, १५: २६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८१ बैशाख २, १५: २६

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...