
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १५ अर्बको स्रोत सुनिश्चित गरी रासायनिक मल खरिदका लागि टेन्डर प्रक्रिया सुरु गरेको छ । आइतबार सिंहदरबारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी सिजनका लागि रासायनिक मलको विषयमा गरेको छलफलमा यसबारेमा जानकारी गराइएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानहरूलाई रासायनिक मलको अभाव हुन नदिन आगामी वर्षको बजेटमा १५ अर्बको स्रोत सुनिश्चित गरी मल खरिदको लागि टेन्डर प्रक्रियामा गएको बताएको छ ।
कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले १५ अर्ब रकम स्रोत सुनिश्चित गरेर दुई लाख ६० हजार मेट्रिक टन मल खरिद प्रक्रिया अघि बढेको जानकारी दिए । उनले गहुँका लागि आवश्यक मल खरिद बजेट कुर्दा प्रक्रिया ढिला हुने भएकाले बजेट अगावै स्रोत सुनिश्चि गरेर टेन्डर गरिएको बताए । समयमा नै मल आवश्यक भएकाले अर्थ मन्त्रालयको स्वीकृतपछि टेन्डर गरिएको उनको भनाइ छ ।
उनले यस वर्ष पनि रासायनिक मलको अभाव नहुने दाबी गरे । उनले सरकारसँग युरिया मल पर्याप्त मात्रामा मौज्दात रहेको पनि जानकारी दिए । शर्माका अनुसार सरकारसँग युरिया ७५ हजार ९६६, डीएपी १६ हजार ८३५ र पोटास ६ हजार २३४ मेट्रिक टन मौज्दात छ ।
उनले दुई लाख १० हजार मेट्रिक टन युरिया, ९७ हजार ८६५ डीएपी र १३ हजार ९५१ पोटास गरी ३ लाख २२ हजार ३६९ मेट्रिक टन मल आयात भइरहेको बताए ।
उनले चालु आर्थिक वर्षमा युरिया एक लाख ७६ हजार, डीएपी एक लाख आठ हजार ७९७ र पोटास ९ हजार मेट्रिक टन मल वितरण गरिएको बताए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...