भक्तपुर । पोखरीमा खसेर भक्तपुरमा एक जनाको ज्यान भएको छ ।
आईतवार दिउँसो मध्यपुर ठिमी नगरपालिका –५ दुइपोखरीको डिलमा बसेका स्थानीय ५० वर्षीय तुइलाल श्रेष्ठको पोखरीमा डुवेर मृत्यु भएको हो ।
बसेको ठाँउबाट पोखरीमा खसेका श्रेष्ठलाई स्थानीयले तल्काल उद्धार गरी उपचारका लागि कोरियन अस्पताल लगेका थिए ।
उपचारकै क्रममा श्रेष्ठको एक मृत्यु भएको प्रहरी वृत ठिमीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले जनाएको छ । शव पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट लगिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...