वीरगञ्जमा डोली यात्रा अपराह्न चार बजे हुँदै – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

वीरगञ्जमा डोली यात्रा अपराह्न चार बजे हुँदै

वीरगञ्ज (पर्सा)। चैतेदसैँका अवसरमा वीरगञ्जको गहवामाई मन्दिरले आज दिउँसो निशानसहितको डोली यात्रा गर्ने भएको छ ।

मन्दिर व्यवस्थापनको जिम्मेवारीमा रहेको माईस्थान सञ्चालन समितिले दिनको अपराह्न चार बजेको शुभसाइतमा निशानसहितको डोली यात्राको गर्ने जनाएको हो ।

समितिका अध्यक्ष नरेन्द्रकुमार साहले डोलीयात्राको सम्पूर्ण तयारी पूरा भएको बताए । “वीरगञ्जको प्रसिद्ध शक्तिपीठ गहवामाईको पहिलोपटक डोली यात्रा गर्दैछौँ”, उनले भने, “यो डोली यात्रामा पाँच हजारभन्दा बढी भक्तजन सहभागी हुने अनुमान गरेका छौँ ।”

मन्दिरका मूल पुरोहित राधेश्यामप्रसाद उपाध्यायले डोली तथा निशान पूजाको शुभसाइत आज अपराह्न २ बजे रहेको बताए । “दिनको २ बजे निशानपूजाको शुभसाइत छ । दुई बजेदेखि चार बजेसम्म पूजापाठ र आवश्यक तयारी गर्नेछौँ”, उनले भने, “डोली यात्राको साइत भने दिनको ४ बजे छ ।”

डोली यात्रा गहवामाई मन्दिर प्राङ्गणबाट प्रारम्भ भई वीरगञ्जको रोड नम्बर २ हुँदै विर्तामाई मन्दिर, अलखिया मठ, महावीर मन्दिर, घण्टाघर हुँदै गहवामाई मन्दिर प्राङ्गण आएर समापन हुनेछ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ बैशाख ४, १२: ४२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ बैशाख ४, १२: ४२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८१ बैशाख ४, १२: ४२

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...