विधेयक अधिवेशनमा ३ विधेयक मात्र पारित – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

विधेयक अधिवेशनमा ३ विधेयक मात्र पारित

 

हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन समेत भनेर चिन्ने गरिन्छ । तर संविधान बमोजिम अत्यावश्क विधेयकहरु नै सरकारले सदनमा पेश गरेन । तीन वटा विधेयक पनि राष्ट्रिय सभाले पारित गरि पठाएकामध्ये हुन् ।

अझ राष्ट्रिय सभाले पारित गरी पठाएका सबै विधेयकलाई सरकारले सदनमा छलफल गराएर पारित गराउन सकेन । प्रतिनिधि सभाको तेस्रो अधिवेशन २०८० माघ २२ गते शुरु भएर २०८१ वैशाख २ गते आइतबारसम्म ७० दिनमा २३ दिन २३ पटक बैठक बसेको थियो । २३ दिन ८१ घण्टा ५५ मिनेट ससंदीय काम कारवाहीबाट तीन वटा मात्र विधेयक पारित गर्नमै व्यतित भयो ।

यो अवधिमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक’ राष्ट्रिय सभाबाट गरिएको संशोधनलाई स्वीकार गरी पारित गरेको छ ।

राष्ट्रिय सभामा उत्पत्ति भएको तीनवटा सरकारी र एउटा गैर सरकारी विधेयक प्रतिनिधि सभामा प्राप्त भएका थिए जसमध्ये “विद्युतीय व्यापार विधेयक, २०८०” माथिको सामान्य छलफल समाप्त भएको छ भने बाँकी तीनवटा विधेयक सभामा प्रस्तुत भैसकेको छ ।

सभाको पहिलो र दोस्रो अधिवेशनमा राष्ट्रिय सभाबाट प्राप्त ८ वटा विधेयकहरु मध्ये ‘अनुगमन तथा मूल्याङकन विधेयक, २०७६’ र ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ सभाबाट पारित भएको छ भने बाँकी ६ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन नै रहेका छन् ।

संसदको तेश्रो अधिवेशनले सभाको पहिलो बैठकमा पेश भएको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ फागुन ६ गते स्वीकृत गरेको थियो । त्यस्तै, पहिलो बैठकमा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम पेश भएको थियो ।

सभाको दोस्रो अधिवेशनबाट यस अधिवेशनमा प्राप्त दुईवटा सन्धि सम्झौताहरु मध्ये “विमस्टेक वडापत्र” लाई सभाको बैठकले अनुमोदन गरेको थियो भने “अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए)को स्थापनासँग सम्बन्धित सम्झौता फ्रेमवर्क एग्रिमेन्ट अन द स्टाव्लिसमेन्ट अफ द इन्टरनेसनल सोलार अलाईन्स(आइएसए) माथिको सामान्य छलफल समाप्त भएको थियो ।

यो अधिवेशनबाट आ.व. २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि मिति २०८० चैत १, ५, ६ र ७ गतेको सभाको बैठकहरुमा छलफल गरिएको थियो ।

सभाको यस अधिवेशनमा प्रतिनिधि सभामा ५ वटा सरकारी विधेयक दर्ता भएको थियो जसमध्ये “निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८०” समितिमा विचाराधीन रहेको छ । “संघीय निजामति सेवा विधेयक, २०८०” माथिको सामान्य छलफल समाप्त भएको, “राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०” र “बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८०” सभामा प्रस्तुत भएका छन् । “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८०” दर्ता मात्रको स्थितिमा छ ।

सभाको विभिन्न बैठकको आकस्मिक, शून्य र विशेष समयहरुमा सभाका मा० सदस्यहरुले समसामयिक एवं जिल्लामा घटित विभिन्न घटनाहरुको सम्बन्धमा सरकार एवं सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले दुई पटक, उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री श्री नारायणकाजी श्रेष्ठले दुई पटक र खानेपानी मन्त्री महिन्द्र राय यादव एवं माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले एकपटक आकस्मिक, शून्य एवं विशेष समयमा उठेका प्रश्नको सम्बन्धमा जवाफ दिएका थिए।
                                                                                          (नयाँ विकल्प साप्ताहिक बाट)

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ बैशाख ४, १८: १८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ बैशाख ४, १८: १८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ बैशाख ४, १८: १८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...