
काठमाडौं। नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौं उपत्यकाका एक सय ४२ वटा ड्राइभिङ सेन्टरमा छापा मारेको छ।
कार्यालयले छापा मारेर एक सय ४२ वटा ट्रायल सेन्टरमा प्रयोग गरिएका सवारी साधनका शंकास्पद कागजात बरामद गरेको जनाइएको छ।
ब्ल्यु बुक नभएका, नवीकरण नभएका सवारी साधन प्रयोग गर्ने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। यसरी छापा मार्दा सवारी साधनहरूको कागजपत्र नभेटिएको, पाँच वर्षभन्दा बढी समय नवीकरण नगरेको समेत फेला परेको प्रहरीले जनाएको छ।
छापा मार्ने क्रममा प्रहरीले २१ वटा गाडी, २० वटा मोटरसाइकल र २७ वटा स्कुटर कारबाहीका लागि यातायात व्यवस्था विभागमा पठाएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...