गण्डकीका मुख्यमन्त्रीविरुद्ध सर्वोच्चमा पूरक रिट दर्ता – Naya Bikalpa
May 17, 2024, Friday

गण्डकीका मुख्यमन्त्रीविरुद्ध सर्वोच्चमा पूरक रिट दर्ता

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा पूरक रिट दर्ता भएको छ । मंगलबार कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले रिट दर्ता गराएका हुन् ।

पूर्व मुख्यन्यायधिवक्ता चिरञ्जीवी शर्मा पौडेलका अनुसार सर्वोच्चले नै सरकारलाई कामचलाउ भन्दै दीर्घकालीन प्रकृतिका कार्य नगर्न आदेश दिएको अवस्थामा कार्यकारी अधिकार प्रयोग गरि नियुक्ति गरिनु अदालतको अवहेलना हो ।

गण्डकी सरकारविरुद्ध गत चैत २८ गते मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध परेको रिटमा वैशाख १० गतेलाई पेसी तोकेको छ । वैशाख ७ गते मुख्यमन्त्री नियुक्ति सम्बन्धि सक्कल फाइल उपस्थित गराउन पनि सर्वोच्चले प्रदेश प्रमुखको कार्यालयलाई आदेश दिएको छ ।

सर्वोच्चले दीर्घकालीन महत्वका निर्णयहरू नगर्न आदेश दिए पनि मुख्यमन्त्रीले यहीबीचमा महान्यायाधिवक्ता र योजना आयोगका उपाध्यक्ष नियुक्त गरिसकेका छन् । उनले लमजुङका एमाले नेता कृष्ण अधिकारीलाई मुख्य न्यायाधिवक्ता तथा तनहुँका श्रीकान्त खतिवडालाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् ।

यसबाहेक सर्वोच्चको पेसी अगावै विश्वासको मत लिने तयारी मुख्यमन्त्री अधिकारीले गरिरहेका छन् ।

सम्बन्धित समाचार

कोशीमा मन्त्रालय बाँडफाँटः कसलाई कुन ?
कोशीमा मन्त्रालय बाँडफाँटः कसलाई कुन ?
  • २०८१ बैशाख ५, १२: २८

विराटनगर । लामो समयदेखि भागबण्डा नमिलेपछि विवादमा रहेको कोशी प्रदेश सरकारले अन्ततः मन्त्रालय बाँडफाँट टुंगिएको छ । एमालेबाट मुख्यमन्त्रीसहित ६...

पेस्तोलसहित काठमाडौंको कपनबाट १ जना पक्राउ
पेस्तोलसहित काठमाडौंको कपनबाट १ जना पक्राउ
  • २०८१ बैशाख ५, १२: २८

काठमाडौं । काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–११ कपनबाट पेस्तोलसहित एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ घर...

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
  • २०८१ बैशाख ५, १२: २८

काठमाडौं । मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद् बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको...