
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले एकीकृत समाजवादीकी भगवती अधिकारीलाई मन्त्री नियुक्त गरेका छन् । एकैदिन दुईपटक मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री महराले अधिकारीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।
बिहीबार मुख्यमन्त्रीले १० सदस्यीय मन्त्रिपरिषद बनाउँदा एकीकृत समाजवादीका कसैलाई पनि मन्त्री बनाएनन् । बिहीबार बिहान मन्त्रिमण्डल बिस्तार गरेर १० सदस्यीय बनाएका महराले दिउँसो पुन एक मन्त्री थपेका छन् । थपिएका मन्त्री एकीकृत समाजवादीबाट भगवती अधिकारी रहेकी छिन् ।
सत्ता गठबन्धनका चार दल एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतबीच ७ बुँदे सहमतिमा जनता समाजवादी पार्टीलाई दुई तथा नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदलाई एक/एक मन्त्रालय दिने सहमति थियो ।
यसअघि बिहीबार नै महराले एमालेबाट चार, नागरिक उन्मुक्ति पार्टीबाट एक र स्वतन्त्रबाट एक मन्त्री नियुक्त गरेका थिए । यससँगै लुम्बिनीमा ११ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ। नवनियुक्त मन्त्रीको शपथ आज बेलुका ५ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा हुने जनाइएको छ।

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...