लुम्बिनीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ – Naya Bikalpa
May 19, 2024, Sunday

लुम्बिनीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । एक कार्यक्रमका बीच प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले गत चैत्र २३ गते आफू नियुक्त भएपछि दोस्रो पटक मन्त्रीपरिषद बिस्तार गर्दै सरकारलाई पूर्णता दिएका छन् ।

उनले ११ सदस्यीय मन्त्रिपरिषद बनाएका छन् । जसमा चेतनारायण आचार्यलाई अर्थमन्त्री, दिपेन्द्र पुनलाई स्वास्थ्य, भण्डारीलाल अहिरलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

दिनेश पन्थी, खड्ग बस्नेत, धर्मबहादुर चौधरी, अर्जुनकुमार केसी, भुमिश्वर ढकाल, रत्न क्षेत्री र भगवती अधिकारीलाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ ।

 

सम्बन्धित समाचार

कोशीमा मन्त्रालय बाँडफाँटः कसलाई कुन ?
कोशीमा मन्त्रालय बाँडफाँटः कसलाई कुन ?
  • २०८१ बैशाख ६, १७: ४९

विराटनगर । लामो समयदेखि भागबण्डा नमिलेपछि विवादमा रहेको कोशी प्रदेश सरकारले अन्ततः मन्त्रालय बाँडफाँट टुंगिएको छ । एमालेबाट मुख्यमन्त्रीसहित ६...

पेस्तोलसहित काठमाडौंको कपनबाट १ जना पक्राउ
पेस्तोलसहित काठमाडौंको कपनबाट १ जना पक्राउ
  • २०८१ बैशाख ६, १७: ४९

काठमाडौं । काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–११ कपनबाट पेस्तोलसहित एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ घर...

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
  • २०८१ बैशाख ६, १७: ४९

काठमाडौं । मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद् बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको...