मुख्यमन्त्रीमा नियुक्त नेकपा एसका सोडारी नाउपाका ५ सांसदले समर्थन नगरेपछि अल्पमतमा – Naya Bikalpa
May 19, 2024, Sunday
नागरिक उन्मुक्ति पार्टीको विवादले प्रदेश सरकार निर्माणमा उल्झन

मुख्यमन्त्रीमा नियुक्त नेकपा एसका सोडारी नाउपाका ५ सांसदले समर्थन नगरेपछि अल्पमतमा

 

कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को सुदूरपश्चिम प्रदेशका पाँचजना प्रदेश सभा सदस्यहरुले एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको बताएका छन्।

प्रदेश प्रमुखले मुख्यमन्त्रीमा सोडारीलाई नियुक्त गरे पनि नागरिक उन्मुक्ति पार्टीका पाँच सांसदहरुले बुधबार अपरान्ह भेट प्रदेश प्रमुखलाई पत्र बुझाउँदै यस्तो जानकारी दिएका हुन्।

नेकपा एसका सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा नाउपाका कैलाश चौधरी र टिका थापाले हस्ताक्षर गरेर समर्थन गरेको भन्ने कुरा गैरसंवैधानिक, गैरकानुनी र संसदीय मान्यता विपरीत भएको प्रस्ट पारेका छन्।

उनीहरुले घनश्याम चौधरी दलको नेता रहेको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन्। जसमा लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी, इन्दिरा गिरी, रामेश्वर चौधरी, खुसीराम चौधरीले हस्ताक्षर गरेका छन्।

उनीहरू पाँचैजना नाउपाका संरक्षक रेशम चौधरीनिकट हुन्। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले आफू दलको नेता रहेको दाबी गर्दै आएका छन्।

नाउपा अध्यक्ष श्रेष्ठले केही दिनअघि घनश्याम चौधरीलाई दलको नेताबाट हटाउँदै तीन महिनाका लागि पार्टीबाट समेत निलम्बन गरेकी थिइन्। विवादकै बीच प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई बिहीबार नै मुख्यमन्त्रीमा नियुक्त गरेका छन्।

सोडारीको पक्षमा नेकपा एमालेका १०, माओबादी केन्द्रका १०, नेकपा एकिकृत समाजबादीका ४ र नाउपका २ गरी २६ जना मात्र देखिएका छन्।

५२ जना प्रदेश सभा सदस्य कायम रहेको सुदूरपश्चिममा सरकार निर्माणको लागि बहुमत पुर्याउन २७ प्रदेश सभा सदस्यको समर्थन चाहिन्छ।

यो प्रदेशमा नेपाली काग्रेसका १८ सांसद छन् भने स्वतन्त्र र राप्रपाका १–१ जना प्रदेश सभा सदस्य रहेका छन्।

सम्बन्धित समाचार

कोशीमा मन्त्रालय बाँडफाँटः कसलाई कुन ?
कोशीमा मन्त्रालय बाँडफाँटः कसलाई कुन ?
  • २०८१ बैशाख ६, १८: २८

विराटनगर । लामो समयदेखि भागबण्डा नमिलेपछि विवादमा रहेको कोशी प्रदेश सरकारले अन्ततः मन्त्रालय बाँडफाँट टुंगिएको छ । एमालेबाट मुख्यमन्त्रीसहित ६...

पेस्तोलसहित काठमाडौंको कपनबाट १ जना पक्राउ
पेस्तोलसहित काठमाडौंको कपनबाट १ जना पक्राउ
  • २०८१ बैशाख ६, १८: २८

काठमाडौं । काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–११ कपनबाट पेस्तोलसहित एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ घर...

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
  • २०८१ बैशाख ६, १८: २८

काठमाडौं । मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद् बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको...