बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा – Naya Bikalpa
May 19, 2024, Sunday

बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी भागका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।

त्यसैगरी, देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा वर्षा र हिमपातको पनि सम्भावना छ । आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्ज र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार

कोशीमा मन्त्रालय बाँडफाँटः कसलाई कुन ?
कोशीमा मन्त्रालय बाँडफाँटः कसलाई कुन ?
  • २०८१ बैशाख ७, ०८: ३९

विराटनगर । लामो समयदेखि भागबण्डा नमिलेपछि विवादमा रहेको कोशी प्रदेश सरकारले अन्ततः मन्त्रालय बाँडफाँट टुंगिएको छ । एमालेबाट मुख्यमन्त्रीसहित ६...

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
  • २०८१ बैशाख ७, ०८: ३९

काठमाडौं । मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद् बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको...

संसद् भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका कार्यकर्ता पक्राउ
संसद् भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका कार्यकर्ता पक्राउ
  • २०८१ बैशाख ७, ०८: ३९

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै शुक्रबार संसद् भवन अगाडि नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गर्ने करिब ११ जनालाई...