पूर्वउपराष्ट्रपतिका छोरा पुन धरौटीमा रिहा, गुरुङ थुनामा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
गृहमन्त्रीलाई प्रतिवादी नबनाइएको सुप्रिम सहकारी ठगी प्रकरण

पूर्वउपराष्ट्रपतिका छोरा पुन धरौटीमा रिहा, गुरुङ थुनामा

भैरहवा। रुपन्देही जिल्लाको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरार दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश डा.दीपक उप्रेतीको इजलासले पुनलाई ४ लाख धरौटीमा रिहाई गर्न आदेश दिएको हो। अदालतले सो सहकारीको अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएको छ।

अदालतले पुनसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ। प्रहरीले गरेको अनुसन्धानमा वर्तमान गृहमन्त्री रबी लामिछानेले समेत सो सहकारीबाट २ करोड रुपैयाँ ऋण लिएको फेला पारेको थियो। तर उनको सनाखत नभएको का।ण देखाउँदै उनलाई प्रतिबादी बनाएको थिएन।

सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले २८ जनाविरुद्ध मुद्दा दायर गरेकामा शुक्रबार थुनछेक बहसका क्रममा ७ जना उपस्थित थिए। उनीहरुमध्ये गुरुङलाई थुनामा पठाउने र अरु ६ जनालाई धरौटीमा छाड्ने आदेश भएको श्रेस्तेदारय यज्ञमुर्ती ज्ञवालीले बताए।

अदालतले नवीन अछामीसँग १० लाख, दुर्गा चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापामगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख रुपैयाँ धरौटी माग भएको छ।

सुप्रिम सहकारीमा रकम वचत गर्ने एक हजार ८३१ जनाले आफूहरुको रकम फिर्ता नपाएको भन्दै सहकारीका सञ्चालक र कर्मचारीविरुद्ध जाहेरी दिएका थिए। वचतकर्ताको दाबीअनुसार उक्त सहकारीले करिब एक अर्ब रुपैयाँ अपचलन गरेको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ बैशाख ७, १५: ३५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८१ बैशाख ७, १५: ३५

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ बैशाख ७, १५: ३५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...