अझ केहि दिनसम्म तराई भूभागमा तातो हावाको लहर चल्ने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

अझ केहि दिनसम्म तराई भूभागमा तातो हावाको लहर चल्ने

काठमाडौं । देशको तराई भूभागमा अबका केही दिन अत्यधिक गर्मी हुने सम्भावना भएकोले तराईका केही स्थानमा तातो हावाको लहर चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनयता देशका अधिकांश भूभागको अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्दै गएको छ । अब तराईका भूभागमा ‘अत्यधिक’ गर्मीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लुम्बिनी प्रदेश तथा मधेश प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा विगत दुई दिनदेखि तथा सुदूरपश्चिम प्रदेशको तराईका भूभागको थोरै स्थानहरूमा विगत एक दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको सोमबार दिउँसो जारी  विशेष बुलेटिनमा उल्लेख छ ।

साथै पहाडी भूभागका उपत्यका तथा खोचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ बैशाख १०, १६: ४१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ बैशाख १०, १६: ४१

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८१ बैशाख १०, १६: ४१

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...