लगानी सम्मेलनमा सबैभन्दा धेरै चीन र भारतले गरे निम्तो स्वीकार – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

लगानी सम्मेलनमा सबैभन्दा धेरै चीन र भारतले गरे निम्तो स्वीकार

काठमाडौं । सरकार लगानी सम्मेलन आयोजनाको लगभग अन्तिम चरणमा पुगेको छ । यही वैशाख १६ र १७ गते काठमाडौंमा सरकारले तेस्रो लगानी सम्मेलनको आयोजना गर्दै छ ।

सम्मेलनका लागि लगानी बोर्डले हालसम्म विभिन्न देशका एक हजार ९०० भन्दा बढी लगानीकर्ता, कम्पनी एवं प्रतिनिधिहरूलाई निमन्त्रणा पठाएको छ ।

बोर्डका अनुसार मंगलबार बिहान ८ बजेसम्म हजारभन्दा बढीले निम्तो स्वीकारेर जवाफ पठाएका छन् । ५३ देशका एक हजार १९ जनाले निम्तो स्वीकारेका हुन् ।

लगानी सम्मेलनमा उपस्थित हुन सबैभन्दा धेरै विदेशी चीनबाट २६५ जनाले निम्तो स्वीकारेका छन् । दोस्रोमा भारतबाट १४३ जनाले निमन्त्रणा स्वीकार गर्दै बोर्डलाई जवाफ फर्काएका छन् ।

तेस्रोमा अमेरिकाबाट ३३ जनाले निमन्त्रणा स्वीकारेका छन् । जापानबाट २८, बेलायतबाट १४, बंगलादेशबाट १३, युनाइटेड अरब एमिरेट्स(यूएई)बाट पनि १३, जमर्नीबाट १०, दक्षिण कोरिया, अष्ट्रेलिया र मलेसियाबाट नौ/नौ जनाले सम्मेलनमा उपस्थित हुने जानकारी दिएका छन् ।

यस्तै, पाकिस्तानबाट आठ, सिंगापुरबाट ६ र कतारबाट पाँचजनाले लगानी सम्मेलनमा सहभागी हुने जवाफ फर्काएका छन् । फ्रान्सबाट चार, रुसबाट तीन र क्यानडाबाट एक जनाले निम्तो स्वीकारेका छन् । लगानी सम्मेलनअघि निम्तो स्वीकार्नेको संख्या अझै बढ्ने बोर्डले जनाएको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ बैशाख ११, १५: ०३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८१ बैशाख ११, १५: ०३

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ बैशाख ११, १५: ०३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...