
काठमाडौं। लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘एफ’को गभर्नरमा लायन शंकरकुमार शारडा विजयी भएका छन्।
डिष्ट्रिक्ट ३२५ ‘एफ’को प्रथम भाईस डिष्ट्रिक्ट गभर्नरमा लायन केशरबहादुर भण्डारी र द्वितिय भाईस डिष्ट्रिक्ट गभर्नरमा लायन अजय प्रसाद खनाल विजयी भएका छन्।
डिष्ट्रिक्ट गर्भनरमा विजयी शारडा हाल प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर र भण्डारी द्वितिय भाईस डिष्ट्रिक्ट गभर्नर छन्। विजयी लायनहरुको कार्यकाल यही जुलाई १ तारिख अर्थात असार १७ गतेदेखि शुरु हुने छ।

राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार भएको डिष्ट्रिक्ट ३२५ ‘एफ’को दोश्रो वार्षिक महाधिवेशनको ‘दिब्य शताब्दी पुरुष गौरीशंकरलाल दास’ले गरेका थिए।
दोश्रो वार्षिक महधिवेशनले डिष्ट्रिक्ट ३२५ ‘एफ’का डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी लायन मनोजकुमार सापकोटाद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सर्वसम्मतले अनुमोदन गरेको थियो।
डिष्ट्रिक्ट ३२५ ‘एफ’का डिष्ट्रिक्ट भगर्नर लायन शिवकुमार कटवालले डिष्ट्रिक्ट ३२५ ‘एफ’ले अघि सारेका मानवसेवाका सबै योजना र कार्यक्रमहरु सत् प्रतिशत सफल भएको बताए।

उनले डिष्ट्रिक्ट ३२५ ‘एफ’ले अघि सारेको लायन्स छात्रबृत्ति कार्यक्रम, लायन्स मेरो साथी, विद्यालयमा लायन्स, अभावमा रहेका समुदायलाई खाद्यान्न, दीर्घजीवी सदस्य–बलियो क्लव, सेवामा साझेदारी जस्ता कार्यक्रमहरु सफल भएको बताए।
डिष्ट्रिक्ट ३२५ ‘एफ’को वर्तमान नेतृत्वले यो वर्ष अघि सारेको लायन्स छात्रबृत्ति कोषमा एक करोड रुपैयाँ जम्मा भएको छ भने १५ वटा नयाँ क्लबसहित पाँच सय नयाँ सदस्य थप भएका छन्।

हाल लायन्स क्लव इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ‘एफ’मा ११२ क्लवका दुई हजार ६५७ जना सदस्य रहेका छन्।


ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...