हरेक दलको नेतृत्व नीति र नैतिकताभन्दा सत्ता केन्द्रीत छ -पौडेल – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

हरेक दलको नेतृत्व नीति र नैतिकताभन्दा सत्ता केन्द्रीत छ -पौडेल

 

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेपालका हरेक राजनीतिक दलको नेतृत्वमा रहेकाहरु नीत र नैतिकताभन्दा सत्तामुखी भएको बताएका छन्।

लोकतन्त्र दिवसको अवसरमा परिवर्तन अभियान नेपालले मंगलबार राजधानीमा आयोजना गरेको ‘लोकतान्त्रिक प्रणालीमा नीति, नेतृत्व र नैतिकता’ विषयक संवाद कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

नेता पौडेलले ठूला दलका प्रमुख नेताहरु नीतिभन्दा सत्तामुखि र सत्ता नै सवैथोक हो भन्ने मान्यताबाट अघि बढ्दा लोकतन्त्रमाथि वितृष्णा आउने गरेको बताए।

दलको नेतृत्वमा बस्नेहरु मठाधीश बनेका कारण लोकतान्त्रिक प्रणालीमाथि नकारात्मक टिप्पणी हुने गरेको भन्दै अहिलेको लोकतन्त्रमा नीति र नैतिकता नै नभएको बताए।

उनले लोकतन्त्रको विकल्प अर्को कुनै शासन प्रणाली नहुने भन्दै संविधानलाई कार्यान्वयन गर्न नसक्दा लोकतन्त्र कमजोर भएको बताए।

सांसद पौडेलले संविधानले कुनैपनि मठाधीश, निरंकुश शासक र सामन्तीको परिकल्पना नगरे पनि नेतृत्वको व्यवहार निरंकुश शासक र सामन्तीको भन्दा फरक नभएको बताए।

सांसद पौडेलले लोकतन्त्रलाई विधिको शासनको रूपमा महसुस गराउन र कानुनी राज्य भएको स्थिति निर्माण गर्न दलभित्र व्यापक सुधारको आवश्यकता रहेको बताए ।

उनले भने, ‘संवैधानिक अङ्गहरु राजनीतिक दलको प्रभावमा परेका छन्, अख्तियार भ्रष्टाचार नियन्त्रणभन्दा व्यक्ति विशेषलाई लक्षित गरी मुद्धा लगाउनमा केन्द्रीत छ।’

पौडेलले समानुपातिक निर्वाचन प्रणालीलाई परिवर्तन गरी प्रत्यक्ष निर्वाचनबाट मात्र प्रतिनिधित्व गर्ने व्यवस्था गर्नु पर्ने, मौलाउँदो भ्रष्टाचारलाई नियन्त्रण गर्न२०४६साल पछिको मात्र हैन त्यसअघि समेत सार्वजनिक पदधारण गरेका व्यक्तिहरुको सम्पति छानबिन गर्नु पर्ने र सहकारी ठगीका सबै प्रकरणको छानबिन गर्नु पर्नेमा जोड दिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ बैशाख ११, २०: ४३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ बैशाख ११, २०: ४३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ बैशाख ११, २०: ४३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...