नेपालमा लगानी गर्दा धेरै फाइदा लिन सकिनेः परिसंघका अध्यक्ष – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

नेपालमा लगानी गर्दा धेरै फाइदा लिन सकिनेः परिसंघका अध्यक्ष

 

काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालमा भ्रमणमा आएका रुसी व्यावसायिक संस्थाहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको छ ।

बुधबार परिसंघ र रुसका उद्योग वाणिज्य संघहरूबीच भएको व्यावसायिक छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानी बढाउन आग्रह गरेका छन् ।

लगानीका लागि नेपाल उर्बर भूमि रहेको र बजारका हिसाबले समेत विश्वका दुई ठूला मुलुक छिमेकी रहेकाले नेपालमा लगानी गर्दा धेरै फाइदा लिन सकिने बताए ।

व्यावसायिक भ्रमणको नेतृत्व गरिरहेका रुस उद्योग वाणिज्य महासंघका अध्यक्ष सर्गेई कातरिनले देशको विकासका लागि निजी क्षेत्र सक्रिय हुन आवश्यक रहेको बताए ।

नेपालमा लगानीका लागि रुसका उद्योगी व्यवसायी तयार रहेको भन्दै उनले नेपालमा परिसंघसँग सहकार्य गर्दै केही न केही महत्त्वपूर्ण काम गर्ने बताए । दुई देशका व्यवसायीहरूलाई प्रोत्साहन गर्न सँगै काम गर्न तयार रहेको उनले बताए ।

यसैबीच, परिसंघ र रुसका तीन व्यावसायिक संस्थाबीच दुई पक्षीय हितका विषयमा काम गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । रुस उद्योग वाणिज्य महासंघ, सेन्ट पिटर्सबर्ग उद्योग वाणिज्य संघ र लिपेस्टिक उद्योग वाणिज्य संघसँग परिसंघको समझदारी भएको हो ।

समझदारी पत्रमा परिसंघका अध्यक्ष अग्रवाल, रुस उद्योग वाणिज्य महासंघका अध्यक्ष कातरिन, सेन्ट पिटर्सबर्ग उद्योग वाणिज्य संघका अध्यक्ष भ्लादिभिर कान्तेनेभ, लिपेस्टिक उद्योग वाणिज्य संघका अध्यक्ष आन्तेली गोस्ताभले हस्ताक्षर गरेका छन् ।

 

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ बैशाख १२, १७: २३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८१ बैशाख १२, १७: २३

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ बैशाख १२, १७: २३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...