खड्कालाई विजयी गराउन जनसम्पर्क समिति मकाउले गर्यो आव्हान – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

खड्कालाई विजयी गराउन जनसम्पर्क समिति मकाउले गर्यो आव्हान

इलाम । यही शनिबार इलाम क्षेत्र नम्वर २ मा प्रतिनिधि सभा सदस्यको लागि हुन लागेको उपनिर्वाचनमा उम्मेदवार बनेका डम्वर खड्काको पक्षमा विदेशस्थित जनसम्पर्क समितिहरु खुलेका छन्।

नेपाली जनसम्पर्क समिति मकाउकी अध्यक्ष निर्मला थापामागर, जनसम्पर्क समितिका पूर्वअध्यक्ष चण्डी योङ्यालगायतले हाल चर्चाको विषय बनेको इलाम क्षेत्र नम्वर २ को निर्वाचनमा चर्चित र लोकप्रीय नेता डम्वर खड्कालाई जिताउन अव्हान गरेका छन्।

उनीहरुले इलाम घर भई हाल मकाउसहित अन्य देश र नेपालकै अन्य ठाउँमा रहेका मतदाताहरुलाई खड्को पक्षमा मतदान गर्न आव्हान गरेका छन्।

नेपाल चेम्वर अफ कमर्स मकाउका अध्यक्ष तथा जनसम्पर्क समिति मकाउका पूर्वअध्यक्ष सुदर्सन थापा मगरले आदिवासी जनजातिसहित पहिचानको पक्षमा उभिएका जनसमुदायले त्यसकै पक्षमा प्रष्ट उभिएका खड्कालाई मतदान गर्न आव्हान गरेका छन्।

नेपाली कांग्रेस इलामका जिल्ला सभापति समेत रहेका खड्का गत २०७९ मंसिरमा भएको आमनिर्वाचनमा नेकपा एमालेका तत्कालिन उपाध्यक्ष एवम् संविधानसभाको दुई कार्यकाल अध्यक्ष भएका सुभाषचन्द्र नेम्वाङसँग ११४ मतको झिनो मतान्तरले पराजित भएका थिए।

संघीयता र पहिचानको पक्षमा उभिएर कोशी प्रदेशको नामाङ्कन गर्दा असहमति जनाएका खड्का जिल्लामा समाजसेवीको रुपमा परिचित छन्।

विदेशमा रहेका नेपालीहरुले विभिन्न माध्यम र सामाजिक सञ्जालमार्फत डम्बर खड्कालाई यो पटक प्रतिनिधि सभा सदस्यमा खड्कालाई विजयी गराउन आव्हान गरिरहेका छन्।

 

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८१ बैशाख १२, १७: ४१

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०८१ बैशाख १२, १७: ४१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०८१ बैशाख १२, १७: ४१

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...