
काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्धमा कमेन्ट गरेकै आधारमा एक युवकले नेपाल प्रहरीको साइबर ब्यूरोको यातानाका कारण व्युरोको ढोकामा विष सेवान गरेको भिडियो यतिवेला भाईरल भएको छ।
जाजरकोटका गणेशमान सिंह नामका एक युवकले आफूले गृहमन्त्री लामिछानेका विरुद्धमा एक फेसबुक पेजमा गरेको कमेन्टकै आधारमा साइबर ब्यूरोले टर्चर दिँदा ब्यूरोकै गेटमा ‘औषधी’ सेवन गरेको बताएका छन्।
सो भिडियोमा आफूले लामिछानेको विरुद्धमा अभिव्यक्ति दिएकै भरमा साइबर ब्यूरोले हजारौं प्रश्न सोधेर ६÷७ वर्ष सम्म जेल हाल्ने चेतावनी दिँदै सहकारी ठगेको प्रमाण के छ? गृहमन्त्रीलाई चिन्छस्? जस्ता प्रश्न सोधेपछि मानसिक यातना दिएकाले बाध्य भएर ‘औषधी’ सेवन गरेको जनाएका छन्।
सिंहले ‘औषधी’ सेवन गरेपछि तत्कालै वीर अस्पताल लगिएकोमा उनलाई आईसीयूमा राखेर उपचार गराउनुपर्ने भएपछि वीर अस्पतालमा आईसीयू नभएपछि हाल कीर्तिपुर अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
यसबारेमा साइबर ब्यूरोले भने सोधपुछका लागि बोलाइएको तर त्यसपछि उनले के गरे भन्ने विषयमा जानकारी नआएको बतायो। साइबर ब्यूरोले भने ती युवकलाई इलामको कुनै एक होटलको बारेमा अनर्गल कुरा लेखेको उजुरी परेपछि सोधपुछका लागि बोलाइएको जनाएको छ।
पछिल्लो समय आफ्नो विरोध गर्नेहरुलाई प्रशासन लगाएर कारबाही गराउन गृहमन्त्री लामिछाने लागेको यस भिडियोबाट पुष्टी भएको छ। लामिछानेविरुद्ध सहकारी ठगीका कैयौं आरोप लागिरहेका बेला उनकै निर्देशनमा सामाजिक सञ्जालमा कमेन्ट गर्नेविरुद्ध प्रहरी लगाएर मानसिक यातना दिएका घटनाहरु सार्वजनिक हुन थालेको छ।
गृहमन्त्री लामिछिानेमाथि गरिएको स्वच्छ आलोचनालाई लिएर पनि प्रहरीले सोधपुछ गर्ने, साईबर कानुन देखाएर जेलमा सडाउने जस्ता धम्की दिने गरेका छन्।
ती युवकले आफूले औषधि सेवन गरेको भने पनि औषधि सेवनकै कारण अस्पताल र त्यसमा पनि आईसीयुमा नै जानै पर्ने कुन औषधि उनले खाए भन्ने प्रष्ट छैन ।
‘औषधी’ सेवन गरेर अस्पतालको शैय्यामा पुगेका सिंहको अभिव्यक्तिप्रति नेपाल प्रहरीले भने आपत्ति जनाएको छ।
नेपाल प्रहरीले भने बिहिबार विज्ञप्ति जारी गर्दै उनको अभिव्यक्ति सरासर झुटो र भ्रमपूर्ण रहेको दाबी गरेको छ। प्रहरीले सिंहले अर्कैको फेक फेसबुक एकाउन्टबाट अश्लिल सामग्री सेयर गरेकोमा उनलाई उपस्थित हुन अनुरोध गरिएकोमा उनले २ स्ट्रिप सिटामोल खाएको जनाएको छ।
त्यसपछि उपचारका लागि वीर अस्पताल पठाइएको र त्यहाँ पुगेका सिंहले प्रहरीमाथि आरोप लगाएर आम नागरिकमा भ्रम श्रृजना गर्ने र आफ्नो अपराधिक क्रियाकलाप उपरको अनुसन्धानमा समेत बाधा पुगाउने सामग्री पोष्ट गरेको प्रहरीको दाबी छ।
प्रहरी प्रधान कार्यालय साईवर व्युरोका प्रहरी उपरिक्षक भाग्येन्द्रपुरुष ढकालले निज सिंहले ऋषिराज झाको नाममा फेक फेसवुक आईडीबाट अश्लिल सामग्री प्रकाशन गरेको भन्दै उनीमाथि कारबाही हुने जनाएको छ।

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...