
काठमाडौं। भारत सरकारको सहयोगमा चितवनको खैरहनी नगरपालिकास्थित ढुंग्रेखेला संरक्षण गर्न निर्मित वाँधको शुक्रबार उद्घटन भएको छ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको तीन करोड ६७ लाख ४० हजार रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको ‘द इम्व्याङ्कमेन्ट एण्ड लन्चिङ एप्रोन ढुंग्रेखोला ट्रेनिङ वक्र्स’ परियोजनाको खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनिया र भारतीय राजदूतावास काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंहले शुक्रबार संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, परियोजना उपभोक्ता समितिका प्रतिनिधि र समाजसेवीको उपस्थिति थियो।
भारत सरकारको अनुदान सहयोगमा सो ढुङ्ग्रे खोलामा तटबन्ध र खोलाको बहावलार्ई नियन्त्रणमा राख्न खोला किनार वरपर बनाइने संरचनाको निर्माणमा उपयोग गरिएको थियो।
भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो।
यो परियोजना चितवनको खैरहनी नगरपालिकामार्फत कार्यान्वयन गरिएको हो । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तको रुपमा रहेको छ ।
कार्यक्रममा खैरहनीका मेयर र परियोजना उपभोक्ता समितिका प्रतिनिधिले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगप्रति आभार व्यक्त गरेका थिए।
सो परियोजनाको निर्माणले खेतीयोग्य जमिनको कटान, वनफँडानी, अनियन्त्रित खोलाको बहाव, बाढीका कारण स्थानीयले बारम्बार आफ्नो थातथलो छोड्नुपर्ने बाध्यता रोकिनुका साथै नदीको गतिसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्न र प्राकृतिक विपतविरुद्घ सामना गर्न पूर्वतयारीका लागि सहयोग पुग्ने विश्वास गरिएको छ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएकोमा ४८९ परियोजना सम्पन्न भइसकेका छन्।
बागमती प्रदेशका विभिन्न क्षेत्रमा १०६ वटा परियोजना रहेकोमा ९ वटा परियोजना चितवनमा छन्।
भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई एक हजार ९ वटा एम्बुलेन्स र तीन सय वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको काठमाडूस्थित भारतीय दूतावासले जनाएको छ।


ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...