नेपाली श्रमिकलाई कोरियामा कार्यक्षेत्र परिवर्तन गर्ने अवसर – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

नेपाली श्रमिकलाई कोरियामा कार्यक्षेत्र परिवर्तन गर्ने अवसर

काठमाडौं । दक्षिण कोरियाले कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका नेपाली श्रमिकलाई कार्यक्षेत्र परिवर्तन गर्ने मौका दिएको छ ।

वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले शुक्रबार जारी गरेको सार्वजनिक सूचनाका अनुसार कृषि तथा पशुपालन र उत्पादनमूलक काममा रोजगारीका लागि कोरिया जाने भाषा परीक्षा उत्तीर्ण गरेका नेपाली युवाहरूलाई कार्यक्षेत्र परिवर्तन गर्न कोरियाले अवसर दिने भएको हो ।

कोरियन भाषा परीक्षा (ईपीएस) उत्तीर्ण भई रोजगार आवेदन फाराम भरी रोष्टरमा रही रोष्टरको अवधि ३१ डिसेम्बर २०२४ भित्र सकिने व्यक्तिले कार्य क्षेत्रतर्फ रोष्टर परिवर्तन गर्न सकिने भनी नामावली सहितको तालिका प्राप्त हुन आएकोले यसै साथ संलग्न सूचीमा नाम समावेश भएका र रोष्टरको अवधि सन् ३१ डिसेम्बर २०२४ भित्र समाप्त हुने ईच्छुक व्यक्तिहरुले वैशाख १८ सम्म आवेदन पेस गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ बैशाख १४, १६: ३१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८१ बैशाख १४, १६: ३१

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ बैशाख १४, १६: ३१

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...