
काठमाडौं । नेपाल किसान महासङ्घले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नयाँ वर्ष २०८१को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।
सो अवसरमा महासंघले प्रकाशन गरेको यस वर्षको क्यालेण्डर समेत विमोचन गरिएको छ।
महासंघका सभापति गणेशचन्द्र तिमल्सिनाको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै पार्टी प्रवक्ता डा.प्रकाशरण महतले अहिले पार्टीभन्दा व्यक्तिगत प्रचारले प्राथमिकता पाएका कारण संगठनमा समस्या आएको दुखेसो पोखे।
उनले व्यक्तिबादी भन्दा संगठनलाई केन्द्रविन्दूमा राख्नु पर्ने भन्दै संगठन बलियो भएर मात्र पार्टीको लोकप्रियता बढ्ने बताए। उनले व्यक्ति बलियो हुँदै जाने र पार्टी खिइदै जाने हो भने पार्टीबाट कसैले फाइदा लिन नसक्ने बताए।
‘दलको भ्रातृ र शुभेच्छुक संस्थाको महत्व भनेकै पार्टीको विचारलाई सम्बन्धित क्षेत्रमा पुर्याउने हो। किसान संघले आमकिसानको बीचमा नेपाली कांग्रेसको संगठनलाई विस्तार गर्नुपर्छ’ महतले भने।
सरकारले उपलब्ध गराउने अनुदान टाठाबाठाले मात्र पाउने गरेको भन्दै उनले सरकारी निकायले पनि जसले ४० देखि ४५ प्रतिशतसम्म कमिसन दिन्छ उसैलाई अनुदान दिने गरेको खुलासा गरे। उनले त्यस्तो बेथिति आफू मन्त्री हुँदा रोक्ने प्रयास गरेको दाबी गरे।
कांग्रेस केन्द्रीय सदस्य जीतजंग बस्नेतले पार्टी संगठन निर्माण गर्न किसान महासंघको भूमिका महत्वपूर्ण हुने वताए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...