पत्रकार महासंघमा शुद्धिकरण जरुरी – Naya Bikalpa
May 13, 2024, Monday
उपत्यकाका २५ पत्रकारलाई रजत अभिनन्दन

पत्रकार महासंघमा शुद्धिकरण जरुरी

काठमाडौं। आमसंचार माध्यममा क्रियाशिल संचारकर्मीहरुको साझा संगठन नेपाल पत्रकार महासंघमा सदस्यता शुद्धिकरण जरुरी भएको सरोकारवालाहरुले जनाएका छन्।

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको दोश्रो अधिवेशन उद्घाटन कार्यक्रममा वोल्दै महासंघका पदाधिकारी सदस्यदेखि अन्य संचारसँग सम्वन्धित संस्थाका प्रतिनिधिहरुले पेशागत मर्यादा र प्रतिष्ठाको लागि पनि सदस्यता शुद्धिकरण आवश्यक भएको बताएका हुन्।

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारिता क्षेत्रमा बहुआयामिक चुनौतिहरु थपिएको भन्दै त्यसलाई सामना गर्ने गरी अघि बढ्नु पर्नेमा जोड दिए।

‘सामाजिक संजालको बढ्दो प्रयोग, मिडियामा लगानीको अभाव, लोककल्याणकारी विज्ञापनको दुरुपयोग, संचार कानूनको अभावले संचारमाध्यमले समस्या झेलिरहेका छन्,’ विष्टले भने, ‘गैरपत्रकारहरु महासंघबाट अलग नगर्दा पत्रकारहरुको मर्यादा र सम्मानमा धक्का लागेको छ। त्यसैले सदस्यता शुद्धिकरण आवश्यक भएको हो।’

प्रेस सेन्टरका नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ले संचार क्षेत्रमा देखिएका विकृतिलाई हटाउँदै महासंघमा सदस्यता शुद्धिकरणको अभियानालाई चाँडो टुंगामा पुर्याउनुपर्नेमा जोड दिए।

लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदरप्रसाद दवाडीले महासंघमा सदस्यता शुद्धिकरण जरुरी भएको भन्दै सदस्यता टुंग्याएर मात्र अधिवेशन गर्नु पर्न सुझाव दिए।

नेपाल प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल, महासंघका केन्द्रीय प्रतिनिधि शान्तराम विडारी, महासंघको बागमति प्रदेश अध्यक्ष शिवप्रसाद देवकोटा, श्रमजीवि पत्रकार संघका जन्मदेव जैशी, प्रेस चौतारी नेपालका हेमराज सिल्वाल, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, काठमाडौंका सूर्य सुवेदी, पत्रकार भावना विद्रोही, रत्न श्रेष्ठ लगायतले महासंघका सदस्यता शुद्धिकरण चाँडो टुंग्याउनु पर्ने, प्रदेशलाई सदस्यता नविकरणको अधिकार दिनु पर्ने सुझाव दिए।

नगरपालिकाका राम्रा कामलाई मिडियाले प्राथमिकता दिनुपर्छः मेयर श्रेष्ठ

महासंघ उपत्यका प्रदेशको अधिवेशन उद्घाटन समारोहका प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाका प्रमुख (मेयर) सुरेन्द्र श्रेष्ठले नगरपालिकाले सुशासनलाई पहिलो प्राथमिकता दिएर स्वास्थ्य, शिक्षा, सहकारी लगायत सबै कानून निर्माण गरेर काम गरिरहेको बताए।

उनले नगरपालिकाले सामुदायिक शिक्षमा मात्र २९ करोड रुपैयाँ बजेट छुट्याएर शिक्षकको दरबन्दी थपेको, दिवा खाजा कार्यक्रमलाई थप बजेट दिएको, स्थानीय पाठ्यक्रम अध्ययन गराएको भन्दै त्यस्ता कार्यलाई संचारमाध्यमले प्राथमिकता नदिँदा राम्रा कामको जानकारी नगरवासीलाई गराउन नसकेको बताए।

उनले भने, ‘नगरले १४ करोड रुपैयाँ खचिएर नेपाल कोरिया मैत्री अस्पतालमा मृगौला रोगीको डायलसिस गर्न मेसिन खरिद गरेको, एकल महिला, दलित र जेष्ष्ठ नागरिकको स्वास्थ्य विमा गरिएको खानेपानीमा आत्मनिर्भर भएको र यसै वर्ष नगरकाले संचार नीति ल्याउने तयार गरेको बताए।

उपमेयर विजयकृष्ण श्रेष्ठले नगरपालिकाले स्थानीय टोलको नाम स्थानीय भाषामा राखेको, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरेको भन्दै जेष्ठ नागरिकका साथै उनका आश्रित पाँच जना परिवारका सदस्यको पनि स्वास्थ्य विमा गरिएको जानकारी दिए।

उनले कतिपय संचारमाध्यमले झुटो सूचना दिएर आफूलाई पीडित बनाएको भन्दै पत्रकारिता क्षेत्रमा व्यवसायिक मर्यादा नहुँदा नगरपालिकाले गरेका राम्रो कामको प्रचार प्रसार नभएको बताए।

२५ पत्रकारलाई रजत अभिनन्दन

पत्रकार महासंघ उपत्यका प्रदेश समितिले उपत्यका प्रदेशमा रहेका २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएका २५ जना पत्रकारहरुलाई रजत अभिनन्दन गरी सम्मान दिएको छ।

यसरी सम्मान पाउनेहरुमा डा.केशवप्रसाद देवकोटा, देवेन्द्र कोइराला, कालिदास बहादुर राउत, कालिका महत, मुक्तिनाथ वास्तोला, धनबहादुर मगर, नरोत्तम सुवेदी, प्रतिमा विवश राई, रामहरि चौलागाईं, भुवन वस्नेत, निरज रंजित, खड्ग वस्नेत, कल्पना शर्मा, रामप्रसाद पुडासैनी, डा. द्वारिका उप्रेती, घमराज लुुइँटेल, रामकला वुढाथोकी, दिपक प्रसाद चौलागाईं, दिपक सिल्वाल, उद्धव प्रसाद गौतम, चेतनाथ धमला, ताराचन्द्र देवकोटा, राममणि बराल, नरोत्तम सुवेदी र भविन्द्र कार्की रहेका छन्।

 

सम्बन्धित समाचार

दाहाल र ओलीसँगको बैठकपछि लामिछाने भन्छन् ‘पहिले मलाई बोल्न दिनुपर्छ’
दाहाल र ओलीसँगको बैठकपछि लामिछाने भन्छन् ‘पहिले मलाई बोल्न दिनुपर्छ’
  • २०८१ बैशाख १५, २०: ४०

काठमाडौं। सहकारी ठगी प्रकरणमा गृहमन्त्री रबी लामिछानेको संलग्नता रहेको गुनासो आएपछि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले माग पुरा...

संसदीय छानबिन समिति बनाए कांग्रेसले गृहमन्त्री लामिछानेको राजिनामा नमाग्ने
संसदीय छानबिन समिति बनाए कांग्रेसले गृहमन्त्री लामिछानेको राजिनामा नमाग्ने
  • २०८१ बैशाख १५, २०: ४०

काठमाडौं। नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गरे गृहमन्त्री रवी लामिछानेको राजीनामा नमाग्ने निष्कर्षमा पुगेको छ। एमाले...

अख्तियार प्रमुखलाई अदालतको ध्यानाकर्षण ‘हचुवाको भरमा मुद्धा नचलाउनु’
अख्तियार प्रमुखलाई अदालतको ध्यानाकर्षण ‘हचुवाको भरमा मुद्धा नचलाउनु’
  • २०८१ बैशाख १५, २०: ४०

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत कर्मचारीहरुको पूर्वाग्रही र हचुवाको भरमा व्यक्ति विशेषबिरुद्ध मुद्धा चलाउने प्रबृत्ति बढेको खुलासा भएको छ।...