तराई–मधेशमा अझै केही दिनसम्म तातो हावा चल्ने – Naya Bikalpa
May 13, 2024, Monday

तराई–मधेशमा अझै केही दिनसम्म तातो हावा चल्ने

काठमाडौं । लुम्बिनी प्रदेशसहित तराईका विभिन्न भूभागमा अझै केही दिनसम्म तातो हावा चल्ने भएको छ ।

लुम्बिनी, मधेशसहितका अधिकांश जिल्लामा केही दिनअघि बाटै ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम मापन गरिएको र यो तापक्रम अझै ५ दिन नघट्ने मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ ।

पछिल्लो २४ घन्टामा भैरहवामा सर्वाधिक ४२.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । त्यस्तै दोस्रो स्थानमा नेपालगञ्जमा ४०.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दाङको घोराही, भैरहवा, विराटनगरमा तातो हावा चल्ने प्रक्षेपण गरिएको छ ।

महाशाखाका अनुसार तराईमात्रै नभएर पहाडी जिल्लाका खोंच तथा उपत्यकामा पनि तापक्रम बढ्ने अनुमान छ । दोलखाको जिरीमा पनि तातो हावा चल्न सक्ने महाशाखाले उल्लेख गरेको छ ।

‘मधेश र पूर्वी तराईका केही जिल्लामा हिजो (शनिबार) बादल लागेको थियो । आज बादल हटेर तापक्रम बढ्ने देखिन्छ’, उनले भने, ‘अझै केही दिन तापक्रम घट्ने त्यस्तो संकेत देखिएको छैन ।’

सम्बन्धित समाचार

औद्योगिक व्यापार मेला सम्पन्नः करिव आठ करोडको कारोबार
औद्योगिक व्यापार मेला सम्पन्नः करिव आठ करोडको कारोबार
  • २०८१ बैशाख १६, १०: ३८

काठमाडौं। नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ राजधानीको भृकुटीमण्डपमा सम्पन्न भएको छ। नेपाल घरेलु तथा साना...

जिम्मेवारी पन्छाउने शिक्षामन्त्री सुमनाप्रति सांसदको आक्रोसः टालटुले हुन्न, प्रष्ट जवाफ चाहिन्छ
जिम्मेवारी पन्छाउने शिक्षामन्त्री सुमनाप्रति सांसदको आक्रोसः टालटुले हुन्न, प्रष्ट जवाफ चाहिन्छ
  • २०८१ बैशाख १६, १०: ३८

काठमाडौं। छात्रवृत्तिमा बंगलादेशमा एमबीबीएस अध्ययनका लागि छनोटमा परेर सिफारिस भएका विद्यार्थीको नाम परिवर्तनको विषयमा स्पष्ट जवाफ दिन नचाहने शिक्षा, विज्ञान...

छात्रवृत्तिमा एमबीबीएस पढ्न बङ्गलादेशमा जाने १० विद्यार्थीको नाम काटेर अज्ञात व्यक्तिको नाम
छात्रवृत्तिमा एमबीबीएस पढ्न बङ्गलादेशमा जाने १० विद्यार्थीको नाम काटेर अज्ञात व्यक्तिको नाम
  • २०८१ बैशाख १६, १०: ३८

काठमाडौँ। बङ्गलादेशमा छात्रवृत्तिमा मेडिकल शिक्षा पढ्नको लागि चिकित्सा शिक्षा आयोगले सिफारिसमा परेका विद्यार्थीको नाम काटेर अज्ञात व्यक्तिको नाम पठाइएको फेला...