जापानी परराष्ट्रमन्त्री आगामी साता नेपाल आउँदै – Naya Bikalpa
May 13, 2024, Monday

जापानी परराष्ट्रमन्त्री आगामी साता नेपाल आउँदै

काठमाडौं । जापानकी परराष्ट्रमन्त्री खामिखावा योको आगामी साता नेपाल आउने भएकी छन् ।

जापानको विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री खामिखावाले आगामी वैशाख २३ काठमाडौं आइपुग्ने जापानी दूतावासले जनाएको छ ।

विदेशमन्त्री खामिखावा श्रीलङ्काको भ्रमणपछि नेपाल आउने तालिका रहेको दुताबासले जानकारी दिएको छ । नेपालमा सन् २००० मा जापानका तत्कालीन प्रधानमन्त्री योसिरो मोरीको भ्रमण भएको थियो । यो नै हालसम्मको उच्चस्तरीय भ्रमण हो ।

यसपछि सन् २०१९ मा जापानका तत्कालीन परराष्ट्रमन्त्री कोउनो तारोउको मन्त्रीस्तरीय भ्रमण भएको थियो ।

नेपाल र जापान बीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको अवसरमा विदेशमन्त्रीको यो भ्रमण फलदायी हुने अपेक्षा रहेको दुताबासले जनाएको छ ।

 

सम्बन्धित समाचार

औद्योगिक व्यापार मेला सम्पन्नः करिव आठ करोडको कारोबार
औद्योगिक व्यापार मेला सम्पन्नः करिव आठ करोडको कारोबार
  • २०८१ बैशाख १६, १०: ५५

काठमाडौं। नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ राजधानीको भृकुटीमण्डपमा सम्पन्न भएको छ। नेपाल घरेलु तथा साना...

जिम्मेवारी पन्छाउने शिक्षामन्त्री सुमनाप्रति सांसदको आक्रोसः टालटुले हुन्न, प्रष्ट जवाफ चाहिन्छ
जिम्मेवारी पन्छाउने शिक्षामन्त्री सुमनाप्रति सांसदको आक्रोसः टालटुले हुन्न, प्रष्ट जवाफ चाहिन्छ
  • २०८१ बैशाख १६, १०: ५५

काठमाडौं। छात्रवृत्तिमा बंगलादेशमा एमबीबीएस अध्ययनका लागि छनोटमा परेर सिफारिस भएका विद्यार्थीको नाम परिवर्तनको विषयमा स्पष्ट जवाफ दिन नचाहने शिक्षा, विज्ञान...

छात्रवृत्तिमा एमबीबीएस पढ्न बङ्गलादेशमा जाने १० विद्यार्थीको नाम काटेर अज्ञात व्यक्तिको नाम
छात्रवृत्तिमा एमबीबीएस पढ्न बङ्गलादेशमा जाने १० विद्यार्थीको नाम काटेर अज्ञात व्यक्तिको नाम
  • २०८१ बैशाख १६, १०: ५५

काठमाडौँ। बङ्गलादेशमा छात्रवृत्तिमा मेडिकल शिक्षा पढ्नको लागि चिकित्सा शिक्षा आयोगले सिफारिसमा परेका विद्यार्थीको नाम काटेर अज्ञात व्यक्तिको नाम पठाइएको फेला...