लाइसेन्स घोटालाको आरोपमा यातायात विभागका इञ्जिनियर पक्राउ – Naya Bikalpa
May 13, 2024, Monday

लाइसेन्स घोटालाको आरोपमा यातायात विभागका इञ्जिनियर पक्राउ

काठमाडौं ।  लाइसेन्स घोटाला गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याललाई पक्राउ गरेको छ ।

यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा ब्युरोले उनीहरुलाई पक्राउ गरेको हो ।

देशभरका यातायात कार्यालयबाट एक लाखभन्दा बढी नक्कली लाइसेन्स जारी भएको घटनामा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् ।

शनिबार पक्राउ परेका भट्ट यातायात व्यवस्था विभागका करारका इञ्जिनियर हुन् । गत पुसमा यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयबाट जारी भएको लाइसेन्सको डाटाबेसबारे अध्ययन गरेको थियो ।

अध्ययनले ५ वर्षको अवधिमा देशभरका यातायात कार्यालयबाट करिब ७३ हजार नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) जारी भएको भेटिएको थियो । तीबाहेक प्रदेश सरकार मातहतका यातायात कार्यालयहरुमा गडबड भएको भेटिएपछि जारी गर्ने तयारीमा रहेका करिब २३ हजार लाइसेन्स रोकिएका थिए ।

देशभरका ३५ वटा यातायात कार्यालयका प्रमुखलाई दिइएको मास्टर युजर आईडी र पासवर्डको दुरुपयोग गरी लाइसेन्स बाँडेको फेला परेको थियो । त्यो काममा विभागका इञ्जिनियर हरिश भट्टको पनि मिलेमतो देखिएको आरोपमा सीआईबीले उनलाई पक्राउ गरेको हो ।

सम्बन्धित समाचार

औद्योगिक व्यापार मेला सम्पन्नः करिव आठ करोडको कारोबार
औद्योगिक व्यापार मेला सम्पन्नः करिव आठ करोडको कारोबार
  • २०८१ बैशाख १६, ११: २६

काठमाडौं। नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ राजधानीको भृकुटीमण्डपमा सम्पन्न भएको छ। नेपाल घरेलु तथा साना...

जिम्मेवारी पन्छाउने शिक्षामन्त्री सुमनाप्रति सांसदको आक्रोसः टालटुले हुन्न, प्रष्ट जवाफ चाहिन्छ
जिम्मेवारी पन्छाउने शिक्षामन्त्री सुमनाप्रति सांसदको आक्रोसः टालटुले हुन्न, प्रष्ट जवाफ चाहिन्छ
  • २०८१ बैशाख १६, ११: २६

काठमाडौं। छात्रवृत्तिमा बंगलादेशमा एमबीबीएस अध्ययनका लागि छनोटमा परेर सिफारिस भएका विद्यार्थीको नाम परिवर्तनको विषयमा स्पष्ट जवाफ दिन नचाहने शिक्षा, विज्ञान...

छात्रवृत्तिमा एमबीबीएस पढ्न बङ्गलादेशमा जाने १० विद्यार्थीको नाम काटेर अज्ञात व्यक्तिको नाम
छात्रवृत्तिमा एमबीबीएस पढ्न बङ्गलादेशमा जाने १० विद्यार्थीको नाम काटेर अज्ञात व्यक्तिको नाम
  • २०८१ बैशाख १६, ११: २६

काठमाडौँ। बङ्गलादेशमा छात्रवृत्तिमा मेडिकल शिक्षा पढ्नको लागि चिकित्सा शिक्षा आयोगले सिफारिसमा परेका विद्यार्थीको नाम काटेर अज्ञात व्यक्तिको नाम पठाइएको फेला...