राष्ट्रपतिद्वारा लगानीसँग सम्वन्धित कानूनहरु संशोधन गर्न अध्यादेश जारी – Naya Bikalpa
May 13, 2024, Monday

राष्ट्रपतिद्वारा लगानीसँग सम्वन्धित कानूनहरु संशोधन गर्न अध्यादेश जारी

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसँग सम्वन्धितत कानूनहरु संशोधन गर्न सरकारले निर्णय गरि पठाएको सिफारिसलाई कार्यान्वयन गर्दै अध्यादेश जारी गरेका छन्।

राष्ट्रपति पौडेलले आइतबार ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१’ जारी गरेका हुन्।

राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा सो अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

तेस्रो लगानी सम्मेलन आइतबारदेखि राजधानीमा सुरु भएको छ। नेपालमा लगानी गर्न चाहनेहरुलाई सहजीकरण गर्न आवश्यक कानुनका लागि सरकारले अध्यादेश ल्याएको हो।

पूर्वनिर्धारित लगानी सम्मेलनसँग सम्वन्धित कानूनहरु संघीय संसद चालु रहेको बेला पेश नगरी संसदलाइृ छलेर अध्यादेश जारी गर्न मन्त्रिपरिषदले राष्ट्रपतिलाई सिफारिस गरेको भन्द्र संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिबार आपत्ति जनाएको थियो।

सम्बन्धित समाचार

औद्योगिक व्यापार मेला सम्पन्नः करिव आठ करोडको कारोबार
औद्योगिक व्यापार मेला सम्पन्नः करिव आठ करोडको कारोबार
  • २०८१ बैशाख १६, १४: २२

काठमाडौं। नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ राजधानीको भृकुटीमण्डपमा सम्पन्न भएको छ। नेपाल घरेलु तथा साना...

जिम्मेवारी पन्छाउने शिक्षामन्त्री सुमनाप्रति सांसदको आक्रोसः टालटुले हुन्न, प्रष्ट जवाफ चाहिन्छ
जिम्मेवारी पन्छाउने शिक्षामन्त्री सुमनाप्रति सांसदको आक्रोसः टालटुले हुन्न, प्रष्ट जवाफ चाहिन्छ
  • २०८१ बैशाख १६, १४: २२

काठमाडौं। छात्रवृत्तिमा बंगलादेशमा एमबीबीएस अध्ययनका लागि छनोटमा परेर सिफारिस भएका विद्यार्थीको नाम परिवर्तनको विषयमा स्पष्ट जवाफ दिन नचाहने शिक्षा, विज्ञान...

छात्रवृत्तिमा एमबीबीएस पढ्न बङ्गलादेशमा जाने १० विद्यार्थीको नाम काटेर अज्ञात व्यक्तिको नाम
छात्रवृत्तिमा एमबीबीएस पढ्न बङ्गलादेशमा जाने १० विद्यार्थीको नाम काटेर अज्ञात व्यक्तिको नाम
  • २०८१ बैशाख १६, १४: २२

काठमाडौँ। बङ्गलादेशमा छात्रवृत्तिमा मेडिकल शिक्षा पढ्नको लागि चिकित्सा शिक्षा आयोगले सिफारिसमा परेका विद्यार्थीको नाम काटेर अज्ञात व्यक्तिको नाम पठाइएको फेला...