शङ्खमूल दोभान पुल नजिक आगलागी, गाडीको वर्कसपसहित ५ पसलमा क्षति – Naya Bikalpa
May 13, 2024, Monday

शङ्खमूल दोभान पुल नजिक आगलागी, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

काठमाडौं। काठमाडौंको शंखमुलस्थित बागमती नदी दोभानमा भएको आगलागीमा गाडीको वर्कसपसहित पाँच वटा पशलमा क्षति भएको छ।

शंखमुलस्थित एक पसलमा खाना पकाउने ग्यास सिलिन्डर पड्किएर आगो फैलिएको थियो। आगलागि हुनासाथ महानगरीय प्रहरी र अन्य सुरक्षाकर्मीको टोली आगलागि नियन्त्रणको लागि खटेर आगलागी नियन्त्रणमा सहयोग गरेका थिए।

आगलागी भएपछि त्यसलाई नियन्त्रणमा लिन काठमाडौं महानगरको टोली वारुण यन्त्रसहित पुगेको थियो। आगलागीबाट मोटरसाइकल वर्कसप, पान पसल, चिया पसल, माछा पसल, तरकारी पसल र टहरा जलेको छ।

जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा पनि आगोले क्षति पु¥याएको छ । तर आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आइसकेको छैन।

ललितपुर महानगरपालिकाका दुई वटा दमकल सुरुमा आगो निभाउन आइपुगेका थिए। त्यसपछि मात्र काठमाडौंको जुद्ध बारुण यन्त्र आइपुगेको थियो। प्रहरी र स्थानीयको समेत सहयोगमा आगो निभाउने काम भएको थियो।

सम्बन्धित समाचार

दाहाल र ओलीसँगको बैठकपछि लामिछाने भन्छन् ‘पहिले मलाई बोल्न दिनुपर्छ’
दाहाल र ओलीसँगको बैठकपछि लामिछाने भन्छन् ‘पहिले मलाई बोल्न दिनुपर्छ’
  • २०८१ बैशाख १६, १४: ४३

काठमाडौं। सहकारी ठगी प्रकरणमा गृहमन्त्री रबी लामिछानेको संलग्नता रहेको गुनासो आएपछि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले माग पुरा...

संसदीय छानबिन समिति बनाए कांग्रेसले गृहमन्त्री लामिछानेको राजिनामा नमाग्ने
संसदीय छानबिन समिति बनाए कांग्रेसले गृहमन्त्री लामिछानेको राजिनामा नमाग्ने
  • २०८१ बैशाख १६, १४: ४३

काठमाडौं। नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गरे गृहमन्त्री रवी लामिछानेको राजीनामा नमाग्ने निष्कर्षमा पुगेको छ। एमाले...

अख्तियार प्रमुखलाई अदालतको ध्यानाकर्षण ‘हचुवाको भरमा मुद्धा नचलाउनु’
अख्तियार प्रमुखलाई अदालतको ध्यानाकर्षण ‘हचुवाको भरमा मुद्धा नचलाउनु’
  • २०८१ बैशाख १६, १४: ४३

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत कर्मचारीहरुको पूर्वाग्रही र हचुवाको भरमा व्यक्ति विशेषबिरुद्ध मुद्धा चलाउने प्रबृत्ति बढेको खुलासा भएको छ।...