नेपालमा लगानीको प्रचुर सम्भावना रहेको छः देउवा – Naya Bikalpa
May 12, 2024, Sunday

नेपालमा लगानीको प्रचुर सम्भावना रहेको छः देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लगानीका लागि कृषि, पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, जलविद्युत् र सूचना प्रविधि जस्ता क्षेत्रमा लगानीका लागि प्रचुर सम्भावना रहेको उल्लेख गरेका छन् ।

सभापति देउवाले शिखर सम्मेलनमा भएका छलफल र शिखर सम्मेलनका क्रममा आदानप्रदान हुने विभिन्न सहयोग र साझेदारीले नेपालमा थप लगानी प्रवाहका लागि मार्ग प्रशस्त हुने धारणा व्यक्त गरेका छन् ।

उनले भने,‘नेपाल अझै पनि कम विकसित मुलुकमा पर्छ। हामीले विकासका ठूला चुनौतीहरूको सामना गरिरहेका छौं । हाम्रो देशमा विकासको प्रचुर सम्भावना छ, तर हामीसँग विकासका फाइदाहरू प्राप्त गर्न पर्याप्त पुँजी र उपयुक्त प्रविधिको अभाव छ । यस सन्दर्भमा यो उच्चस्तरीय कार्यक्रमको आयोजनाले विशेष महत्व राख्छ।’

सभापति देउवाले कांग्रेसले नेपालमा आर्थिक सुधारको थालनी गरेको र सन् १९९० मा कांग्रेसकै सरकारले अर्थतन्त्रलाई उदारीकरण, निजी क्षेत्रलाई आमन्त्रण र विदेशी लगानीका लागि अनुकूल वातावरण सिर्जना गरेको उनले उल्लेख गरे ।

उनले विदेशी लगानी नेपाल कानुन र हाम्रो देश पक्ष भएका विभिन्न अन्तर्राष्ट्रिय सन्धिद्वारा सुरक्षित रहेको अवगत गराउँदै उनले नेपाललाई लगानीको आकर्षक गन्तव्यका रूपमा प्रवद्र्धन गर्न सरकारले विभिन्न देशसँग द्विपक्षीय लगानी संरक्षण सम्झौता गर्न इच्छुक रहेको उल्लेख गरे ।

सम्बन्धित समाचार

औद्योगिक व्यापार मेला सम्पन्नः करिव आठ करोडको कारोबार
औद्योगिक व्यापार मेला सम्पन्नः करिव आठ करोडको कारोबार
  • २०८१ बैशाख १६, १५: ३३

काठमाडौं। नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ राजधानीको भृकुटीमण्डपमा सम्पन्न भएको छ। नेपाल घरेलु तथा साना...

जिम्मेवारी पन्छाउने शिक्षामन्त्री सुमनाप्रति सांसदको आक्रोसः टालटुले हुन्न, प्रष्ट जवाफ चाहिन्छ
जिम्मेवारी पन्छाउने शिक्षामन्त्री सुमनाप्रति सांसदको आक्रोसः टालटुले हुन्न, प्रष्ट जवाफ चाहिन्छ
  • २०८१ बैशाख १६, १५: ३३

काठमाडौं। छात्रवृत्तिमा बंगलादेशमा एमबीबीएस अध्ययनका लागि छनोटमा परेर सिफारिस भएका विद्यार्थीको नाम परिवर्तनको विषयमा स्पष्ट जवाफ दिन नचाहने शिक्षा, विज्ञान...

छात्रवृत्तिमा एमबीबीएस पढ्न बङ्गलादेशमा जाने १० विद्यार्थीको नाम काटेर अज्ञात व्यक्तिको नाम
छात्रवृत्तिमा एमबीबीएस पढ्न बङ्गलादेशमा जाने १० विद्यार्थीको नाम काटेर अज्ञात व्यक्तिको नाम
  • २०८१ बैशाख १६, १५: ३३

काठमाडौँ। बङ्गलादेशमा छात्रवृत्तिमा मेडिकल शिक्षा पढ्नको लागि चिकित्सा शिक्षा आयोगले सिफारिसमा परेका विद्यार्थीको नाम काटेर अज्ञात व्यक्तिको नाम पठाइएको फेला...