नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छः प्रधानमन्त्री – Naya Bikalpa
May 12, 2024, Sunday

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा दिन आह्वान गरेका छन् ।

‘नेपाल लगानी सम्मेलन २०२४’को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए ।

नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको जानकारी दिए ।

लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले हालै मात्र व्यवसाय र लगानीसम्बन्धी विभिन्न आठ कानून परिमार्जन गरेको जानकारी गराए । उनले भने, “मलाई विश्वास छ, यसले नेपालमा लगानी गर्ने लगानीकर्ताको आत्मविश्वास बढाउँछ ।”

नेपालमा शान्ति र स्थायित्व कायम भइ आर्थिक विकास र समृद्धिको लागि अनुकूल वातावरण सिर्जना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीय शासन प्रणालीले राष्ट्रव्यापी सामाजिक र आर्थिक रूपान्तरणलाई बढावा दिने सन्तुलित विकास दृष्टिकोण सुनिश्चित गरेको स्पष्ट पारे ।

“नेपालले विदेशी लगानीकर्ताहरूलाई सबल नियामक ढाँचा, दोहोरो करबाट बच्ने व्यवस्था, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धात्मक कर्पोरेट कर लगायतका धेरै प्रोत्साहनहरू प्रदान गर्दछ,” प्रधानमन्त्री प्रचण्डले भने, “नेपाल सरकारले हालै द्विपक्षीय लगानी सम्झौताको ढाँचालाई स्वीकृत गरेको छ, यसले द्विपक्षीय लगानीको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।” उनले मित्र राष्ट्रहरूलाई द्विपक्षीय लगानी सम्झौतामा हस्ताक्षर गर्न आह्वान गरे ।

सम्बन्धित समाचार

औद्योगिक व्यापार मेला सम्पन्नः करिव आठ करोडको कारोबार
औद्योगिक व्यापार मेला सम्पन्नः करिव आठ करोडको कारोबार
  • २०८१ बैशाख १६, १५: ४४

काठमाडौं। नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ राजधानीको भृकुटीमण्डपमा सम्पन्न भएको छ। नेपाल घरेलु तथा साना...

जिम्मेवारी पन्छाउने शिक्षामन्त्री सुमनाप्रति सांसदको आक्रोसः टालटुले हुन्न, प्रष्ट जवाफ चाहिन्छ
जिम्मेवारी पन्छाउने शिक्षामन्त्री सुमनाप्रति सांसदको आक्रोसः टालटुले हुन्न, प्रष्ट जवाफ चाहिन्छ
  • २०८१ बैशाख १६, १५: ४४

काठमाडौं। छात्रवृत्तिमा बंगलादेशमा एमबीबीएस अध्ययनका लागि छनोटमा परेर सिफारिस भएका विद्यार्थीको नाम परिवर्तनको विषयमा स्पष्ट जवाफ दिन नचाहने शिक्षा, विज्ञान...

छात्रवृत्तिमा एमबीबीएस पढ्न बङ्गलादेशमा जाने १० विद्यार्थीको नाम काटेर अज्ञात व्यक्तिको नाम
छात्रवृत्तिमा एमबीबीएस पढ्न बङ्गलादेशमा जाने १० विद्यार्थीको नाम काटेर अज्ञात व्यक्तिको नाम
  • २०८१ बैशाख १६, १५: ४४

काठमाडौँ। बङ्गलादेशमा छात्रवृत्तिमा मेडिकल शिक्षा पढ्नको लागि चिकित्सा शिक्षा आयोगले सिफारिसमा परेका विद्यार्थीको नाम काटेर अज्ञात व्यक्तिको नाम पठाइएको फेला...