सरकार चलाउनभन्दा निर्वाचन प्रणाली परिवर्तन गर्न कांग्रेस र एमाले एक हुनुपर्छ– कोइराला – Naya Bikalpa
May 13, 2024, Monday

सरकार चलाउनभन्दा निर्वाचन प्रणाली परिवर्तन गर्न कांग्रेस र एमाले एक हुनुपर्छ– कोइराला

विराटनगर। नेपाली कांग्रेसका बरिष्ठ नेता डा.शेखर कोइरालाले सरकार चलाउन भन्दा पनि निर्वाचन प्रणालीलाई परिवर्तन गर्न लागि नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिनु पर्ने बताएका छन्।

मोरङको वुढीगंगा गाउँपालिकाको प्रशासनिक भवनको आइतबार शिलान्यास गर्दै नेता कोइरालाले निर्वाचन प्रणाली परिवर्तनको खाँचो औंल्याएका हुन्।

‘नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिऔं र सरकार चलाउने भन्दा पनि निर्वाचन प्रणालीलाई परिवर्तन गरी अर्को निर्वाचनमा जाऔं’, कोइरालाले भने, ‘निर्वाचन प्रणाली परिवर्तन गरियो भने मात्र हामीले राजनीतिक स्थिरता पाउँछौं।’

उनले राजनीतिक स्थायीत्व मुलुकले पाएका जुनसुकै उद्योगी र व्यवसायी उत्साही हुने र उनीहरुले लगानी गर्ने वातावरण बन्ने बताए। कोइरालाले राजनीतिक स्थायित्वले वैदेशिक लगानीलाई पनि भित्र्याउन सकिने बताए।

सम्बन्धित समाचार

दाहाल र ओलीसँगको बैठकपछि लामिछाने भन्छन् ‘पहिले मलाई बोल्न दिनुपर्छ’
दाहाल र ओलीसँगको बैठकपछि लामिछाने भन्छन् ‘पहिले मलाई बोल्न दिनुपर्छ’
  • २०८१ बैशाख १६, १६: २९

काठमाडौं। सहकारी ठगी प्रकरणमा गृहमन्त्री रबी लामिछानेको संलग्नता रहेको गुनासो आएपछि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले माग पुरा...

संसदीय छानबिन समिति बनाए कांग्रेसले गृहमन्त्री लामिछानेको राजिनामा नमाग्ने
संसदीय छानबिन समिति बनाए कांग्रेसले गृहमन्त्री लामिछानेको राजिनामा नमाग्ने
  • २०८१ बैशाख १६, १६: २९

काठमाडौं। नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गरे गृहमन्त्री रवी लामिछानेको राजीनामा नमाग्ने निष्कर्षमा पुगेको छ। एमाले...

अख्तियार प्रमुखलाई अदालतको ध्यानाकर्षण ‘हचुवाको भरमा मुद्धा नचलाउनु’
अख्तियार प्रमुखलाई अदालतको ध्यानाकर्षण ‘हचुवाको भरमा मुद्धा नचलाउनु’
  • २०८१ बैशाख १६, १६: २९

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत कर्मचारीहरुको पूर्वाग्रही र हचुवाको भरमा व्यक्ति विशेषबिरुद्ध मुद्धा चलाउने प्रबृत्ति बढेको खुलासा भएको छ।...