राष्ट्रियसभा सदस्य डा.अञ्जानले लिइन् शपथ – Naya Bikalpa
May 13, 2024, Monday

राष्ट्रियसभा सदस्य डा.अञ्जानले लिइन् शपथ

काठमाडौं । राष्ट्रियसभा सदस्य डा.अञ्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

आइतबार सिंहदरबारमा आयोजित एक समारोहमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट पूर्वराजदुत समेत रहेकी शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

शाक्यलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख ६ गते राष्ट्रियसभाको सदस्य पदमा मनोनीत गरेका थिए ।

शपथ लिएपछि सांसद शाक्यले देश र जनताको हितमा इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले राष्ट्रियसभाको गरिमा उचाइमा पुर्‍याउन पनि आफूले सक्दो पहल गर्ने बताइन् ।

सम्बन्धित समाचार

उपप्रधानमन्त्रीबाट राजिनामा दिए उपेन्द्र यादवले
उपप्रधानमन्त्रीबाट राजिनामा दिए उपेन्द्र यादवले
  • २०८१ बैशाख १६, १७: ३०

काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सोमबार पदबाट राजीनामा दिएका छन्। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका...

सर्वोच्च अदालत अघि सन्दिपको पक्षमा नाराबाजी गर्ने डा.भुसाल पक्राउ
सर्वोच्च अदालत अघि सन्दिपको पक्षमा नाराबाजी गर्ने डा.भुसाल पक्राउ
  • २०८१ बैशाख १६, १७: ३०

काठमाडौं। बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका चर्चित क्रिकेटर सन्दीप लामिछानेको पक्षमा सर्वोच्च अदालत परिसर अगाडि नाराबाजी गर्ने...

यी हुन् नैतिकता देखाएर राजिनामा दिने मन्त्रीहरु
यी हुन् नैतिकता देखाएर राजिनामा दिने मन्त्रीहरु
  • २०८१ बैशाख १६, १७: ३०

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीको संरक्षण र उक्साहटमा परेर सहकारी ठगीको आरोपमा आफूबिरुद्ध प्रतिवेदनहरु सार्वजनिक...