नाबालिग हत्यामा संलग्न आमाछोरी पक्राउ – Naya Bikalpa
May 15, 2024, Wednesday

नाबालिग हत्यामा संलग्न आमाछोरी पक्राउ

जनकपुरधाम । सिरहामा छिमेकको तीन वर्षीया छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका–१८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजाकुमारी यादव रहेका छन् । सोनावतीका श्रीमान् धनिकलाल यादव भने फरार छन् ।

छिमेकी रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या गरेको आरोपमा आमाछोरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

डीएसपी सापकोटाका अनुसार गत वैशाख १२ गते बिहान १० बजेतिर घर अगाडि खेलिरहेकी रमेशकी छोरी रिया हराएकी थिइन् । खोजतलासको क्रममा गत वैशाख १४ गते राति साढे ११ बजे छिमेकी धनिकलाल यादवको घरको छतमा जाने भर्‍याङ नजिकै बालिकाको शव फेला परेको थियो ।

मसुराको झ्याङ्टाभित्र कालो रंगको प्लाष्टिकको बोराभित्र बालिकाको शव फेला परेको डीएसपी सापकोटाले बताए ।

अनुसन्धानको क्रममा परिवारसँगको रिसइबी साध्न धनिकलालको परिवारले रमेशको छोरीको हत्या गरेको खुलेको डीएसपी सापकोटाको भनाइ छ ।

सम्बन्धित समाचार

गिरिबन्धु प्रकरणविरुद्ध कांग्रेस लागेपछि ओलीको आक्रोस– यो देश कांग्रेसको एकलौटी हो?
गिरिबन्धु प्रकरणविरुद्ध कांग्रेस लागेपछि ओलीको आक्रोस– यो देश कांग्रेसको एकलौटी हो?
  • २०८१ बैशाख १७, १२: १३

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गिरीबन्धु टि स्टेटको नीतिगत भ्रष्टाचार प्रकरणमा आफूविरुद्ध नेपाली कांग्रेस खनिएमा आक्रोस पोखेका छन्।...

एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
  • २०८१ बैशाख १७, १२: १३

धनगढी। नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ। नेकपा एमाले सुदूरपश्चिम प्रदेस...

ओली र लामिछाने लक्षित ‘सहकारी ठगी’ र ‘गिरीबन्धु टी स्टेट भ्रष्टाचार’विरुद्ध सडकमा नेविसंघ
ओली र लामिछाने लक्षित ‘सहकारी ठगी’ र ‘गिरीबन्धु टी स्टेट भ्रष्टाचार’विरुद्ध सडकमा नेविसंघ
  • २०८१ बैशाख १७, १२: १३

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ‘सहकारी ठगी प्रकरण’ र ‘गिरीबन्धु टी स्टेट नीतिगत...