रास्वपालाई जमानत जोगाउनै कठिन – Naya Bikalpa
May 15, 2024, Wednesday
इलाम र बझाङमा एमालेकै अग्रता

रास्वपालाई जमानत जोगाउनै कठिन

 

काठमाडौं । इलाम निर्वाचन क्षेत्र नम्वर २ मा प्रतिनिधि सभा सदस्य र बझाङको क्षेत्र नम्वर १ को (१) मा प्रदेश सभा सदस्यको लागि शनिबार भएको निर्वाचनमा ठूला दल एमाले र नेपाली कांग्रेसले नै जीत हासिल गर्ने भएका छन् ।

सोमबार दिउँसो १ः३५ बजे सम्मको मत परिणमलाई हेर्दा इलाममा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता कायम नै छ । उनलाई नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले चार हजार पाँच सय तेइस मतको मतान्तरमा पछ्याई रहेका छन् ।

त्यस्तै तेश्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बु देखिएका छन् भने उपप्रधानमन्त्री तथा गृहमन्त्री रबी लामिछानेले नेृतत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलनकुमार योङयाङ लिम्बु अहिलेसम्म चौथो स्थानमा छन् । उनी स्वतन्त्र उम्मेदवार थेगिमलाई उछिन्नको लागि प्रतिष्पर्धा गरिरहेका छन् ।

इलाम २ को यो निर्वाचनमा राप्रपाले लक्ष्मी गुरुङ, जनमतले प्रेमकुमार थामसुहाङ, नेकपा (एकीकृत समाजबादी)ले जीतबहादुर राई, नेपाल मजदुर किसान पार्टीले श्यामकुमार दर्जी, मंगोल अर्गनाईजेसनले मनीबहादुर लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)ले गणेशबहादुर चौहान, नेपाली जनता दलले रेशमबहादुर सुनार नेपाली, नेशनल रिपब्लिक नेपालले धनराज राना मगर र राष्ट्रिय मुक्ति आन्दोलन पार्टीले जयन्तविक्रम शाहलाई उम्मेदवार बनाएको थियो ।

यो क्षेत्रमा सत्तारुढ दल माओबादी केन्द्र, नेकपा एस, जनता समाजबादी पार्टी लागायतले एमालेका उम्मेदवार सुहाङलाई समर्थन गरेका छन् ।

त्यस्तै, स्वतन्त्रबाट चुनाव चिन्ह मुडा भएका थेगिमवाहेक डाकप्रसाद गौतम, दिपेश वोहोरा, मनोज निरौला, योगेनद्र गुरुङ र राज बस्याल उम्मेदवार बनेका छन् ।

इलाममा कांग्रेस र एमालेबीच कडा प्रतिष्पर्धा देखिन्छ भने स्वतन्त्र उम्मेदवार थेगिमले जमानत जोगाउने निश्चित छ । गृहमन्त्री रबी लामिछाने नेतृत्वको रास्वपाका उम्मेदवार चौथो स्थानमा हुने निश्चित भए पनि जमानत जोगाउन निकै कठिन देखिन्छ ।

यता बझाङमा भने नेकपा एमाले दमनबहादुर भण्डारीले बाजी मार्ने भएका छ्न् । उनको जित झण्डै झण्डै निश्चित छ । उनले प्रतिष्पर्धी माओबादी केन्द्रका उम्मेदवार जनकबहादुर वुढा र नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहभन्दा झण्डै दोब्बर मतले अघि छन् ।

यहाँ नेकपा एकीकृत समाजबादीका दिलबहादुर सिंह भने चौथो स्थानमा छन् । यहाँ स्वतन्त्र उम्मेदवारी परेको छैन ।

            (नयाँ विकल्प साप्ताहिक बाट)

सम्बन्धित समाचार

सहकारी पीडितलाई न्याय दिन माग गर्दै महिला संघद्वारा प्रदर्शन
सहकारी पीडितलाई न्याय दिन माग गर्दै महिला संघद्वारा प्रदर्शन
  • २०८१ बैशाख १७, १३: ४३

काठमाडौं। नेपाल महिला संघले सहकारीको बचत अपचलनमा गृहमन्त्री रवी लामिछानेको संलग्नता रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै विरोध...

कांग्रेस सांसदले उठेर विरोध गरेपछि ‘राष्ट्रपतिलाई धन्यवाद’ दिने प्रस्ताव पारित हुन सकेन
कांग्रेस सांसदले उठेर विरोध गरेपछि ‘राष्ट्रपतिलाई धन्यवाद’ दिने प्रस्ताव पारित हुन सकेन
  • २०८१ बैशाख १७, १३: ४३

  काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनमा लागि मंगलबार प्रस्तुत...

यस्तो छ सरकारको नीति तथा कार्यक्रम
यस्तो छ सरकारको नीति तथा कार्यक्रम
  • २०८१ बैशाख १७, १३: ४३

  काठमाडौं। सरकारले काठमाडौंको चक्रपथसहित देशका अध्यधिक सवारी चाप हुने सडकखण्डमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र...