हत्यामा संलग्न भारतीय नागरिकलाई गोली हानी नियन्त्रणमा – Naya Bikalpa
May 15, 2024, Wednesday

हत्यामा संलग्न भारतीय नागरिकलाई गोली हानी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको गोठाटार ३ असोज २०७९ मा लाल मोहम्मदलाई गोली हानी हत्या भएको घटनामा संलग्न रहेको आरोप लागेका भारतीय नागरिक बब्लु पासवान पक्राउ परेका छन् ।

गएराति पर्सा प्रहरीको गोली लागेर घाइते भएका भारतीय नागरिक बब्लु पासवानको साथबाट एउटा पेस्तोलसँगै लागुऔषध खैरो हेरोइन र गाँजा बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साले प्रेस विज्ञप्ति जारी गरेर उनको साथबाट एउटा पेस्तोल, त्यसमा लाग्ने दुई राउण्ड गोली, ४९ ग्राम खैरो हेरोइन र ८८० ग्राम गाँजा बरामद भएको जनाएको हो ।

सीमा क्षेत्रमा बसेर उनले पर्सासहित तराईका जिल्लामा अपहरणको धन्दा चलाउने गरेको प्रहरी अधिकृतहरू बताउँछन् ।

उनले नेपालमा साना हतियार र लागुऔषध भित्र्याउने कामसमेत गर्ने गरेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी कुमारविक्रम थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

सहकारी पीडितलाई न्याय दिन माग गर्दै महिला संघद्वारा प्रदर्शन
सहकारी पीडितलाई न्याय दिन माग गर्दै महिला संघद्वारा प्रदर्शन
  • २०८१ बैशाख १७, १४: ५८

काठमाडौं। नेपाल महिला संघले सहकारीको बचत अपचलनमा गृहमन्त्री रवी लामिछानेको संलग्नता रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै विरोध...

कांग्रेस सांसदले उठेर विरोध गरेपछि ‘राष्ट्रपतिलाई धन्यवाद’ दिने प्रस्ताव पारित हुन सकेन
कांग्रेस सांसदले उठेर विरोध गरेपछि ‘राष्ट्रपतिलाई धन्यवाद’ दिने प्रस्ताव पारित हुन सकेन
  • २०८१ बैशाख १७, १४: ५८

  काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनमा लागि मंगलबार प्रस्तुत...

यस्तो छ सरकारको नीति तथा कार्यक्रम
यस्तो छ सरकारको नीति तथा कार्यक्रम
  • २०८१ बैशाख १७, १४: ५८

  काठमाडौं। सरकारले काठमाडौंको चक्रपथसहित देशका अध्यधिक सवारी चाप हुने सडकखण्डमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र...