कोइराला भन्छन् ‘राजनीतिक स्थायित्व नभएकाले अहिलेको लगानी सम्मेलनबाट परिणाम निस्कदैन’ – Naya Bikalpa
May 16, 2024, Thursday

कोइराला भन्छन् ‘राजनीतिक स्थायित्व नभएकाले अहिलेको लगानी सम्मेलनबाट परिणाम निस्कदैन’

दमक । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक स्थायित्व नभएको अहिलेको अवस्थामा सरकारले गरेको लगानी सम्मेलनबाट अपेक्षा गरिए अनुसारको लगानी नआउने बताएका छन्।

सोमबार झापाको गौरादहमा नेपाली काँग्रेस गौरादह नगर कार्यसमितिको नवनिर्मित “वीपी स्मृति भवन“ उदघाटन् कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले राजनीतिक स्थायित्वबिना नेपालमा कुनैपनि देश लगानी गर्न ईच्छुक नरहेकोले लगानी सम्मेलनबाट परिणाम ननिस्कने बताएका हुन्।

उनले भने, ‘सरकार चलाउनभन्दा पनि निर्वाचन प्रणाली परिवर्तन गरेर राजनीतिक स्थायीत्वका लागि नेपाली कांग्रेस र नेकपा एमाले एकै ठाउँमा उभिनुको विकल्प छैन।’

“कुनै पनि देशले लगानी गर्नुपुर्व त्यो देशमा राजनीतिक स्थायित्व छ कि छैन, ऐन कानुन कस्तो छ र सुशासनको अवस्था कस्तो छ भन्ने कुरा हेर्छ“– कोइरालाले भने–“ती सबै कुरा नभएको देशमा कसरी लगानी भित्रन्छ?“

अहिलेको निर्वाचन प्रणाली नै राजनीतिक स्थायित्वको बाधक रहेको भन्दै कोइरालाले यो निर्वाचन प्रणाली रहँदासम्म राजनीतिक स्थायित्व नहुने बताए । राजनीतिक स्थायीत्वबिना आर्थिक बिकास नहुने पनि उनले बताए ।

यतिबेला आफू कुनै पनि हालतमा निर्वाचन प्रणाली परिवर्तन गरिछाड्ने अभियानमा लागेको भन्दै उनले संकटको समयमा देशलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवस्यकता रहेको बताए।

नेपाली कांग्रेस गौरादह नगर समितिका सभापति गोपाल कोइरालाको सभापतित्वमा भएको बीपी स्मृति भवन उद्घाटन कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईं, महेन्द्र लिम्बु, कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई लगायतले धारणा राखेका थिए।

सम्बन्धित समाचार

प्रतिनिधिसभामा कांग्रेसको नारावाजी, एमाले सांसदको प्रतिरोधले तनाव
प्रतिनिधिसभामा कांग्रेसको नारावाजी, एमाले सांसदको प्रतिरोधले तनाव
  • २०८१ बैशाख १७, १७: ४६

  काठमाडौं। प्रतिनिधिसभाको साँझ ६ बजे बसेको बैठकमा गृहमन्त्री रबी लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै विरोध...

गोतामे गौतम कुल देवता व्यवस्थापन संघको २१ औं साधारण सभा तथा जल भण्डारण ढुंगेधारा गृहको उद्घाटन
गोतामे गौतम कुल देवता व्यवस्थापन संघको २१ औं साधारण सभा तथा जल भण्डारण ढुंगेधारा गृहको उद्घाटन
  • २०८१ बैशाख १७, १७: ४६

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. ७ स्थित गोतामथोकमा गोतामे गौतम कुल देवता व्यवस्थापन संघको साधारण, सभा तथा संघको...

प्रेस युनियन कोशी प्रदेशद्वारा एक करोड रुपैयाँको अक्षयकोष स्थापना
प्रेस युनियन कोशी प्रदेशद्वारा एक करोड रुपैयाँको अक्षयकोष स्थापना
  • २०८१ बैशाख १७, १७: ४६

  विराटनगर। नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ। कोशी प्रदेशको पर्यटकीयस्थल...