
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीकी टीका थापा मन्त्री बनेकी छन्।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन्।
थापाले मंगलबार नै पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन्। थापालाई प्रदेश प्रमुख मियाँले सपथ ग्रहण गराएका हुन्।
मंगलबार बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले नाउपालाई कृषि मन्त्रालय दिने सहमति गरेको थियो।
नाउपाको तर्फबाट यसअघि मुख्यमन्त्री दाबी गरेका कैलाश चौधरीलाई मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरेका थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...