
बिराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मंगलबार तीन पृष्ठ लामो पत्र बुझाउँदै प्रदेश प्रमुखलाई गैरसंवैधानिक अभ्यास नगर्न आग्रह गरेका छन्।
प्रदेश प्रमुख परशुराम खापुङलाई पत्र बुझाउँदै मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट पारित संकल्प प्रस्ताव गैरसंवैधानिक भएको जिकिर गरेका छन्।
संविधानको मर्म र भावनाविपरीत धारा १६८ को कुनै उपयुक्त धारा प्रयोग गरी सरकार निमार्ण गर्नु भन्ने आदेशात्मक अभिप्रायले संकल्प प्रस्ताव ल्याएको भन्दै उनले भनेका छन्, ‘‘संविधानको कार्यान्वयन गर्न संवैधानिक रुपमा रहेको प्रदेश प्रमुखले अझ गम्भीर भई संविधानको मर्म एवं भावनाको संरक्षण गर्न क्रियाशील हुनुपर्ने अवस्था रहेको व्यहोरा नेपालको संविधानको धारा १७३ बमोजिम जानकारी गराउँदछु ।’
कार्की संविधानको धारा १६८(५) अनुसार २०८० असोज २७ गते कोशीको मुख्यमन्त्री बनेका थिए। पछिल्लो पटक केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि माओवादी र एमालेले २६ चैतमा मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको जनाएका थिए।
प्रदेश सभाको विशेष अधिवेशनमार्फत २५ वैशाखभित्र मुख्यमन्त्री कार्कीलाई विश्वासको मत लिन वा राजीनामा दिन निर्देशन दिने संकल्प प्रस्ताव समेत पास भएको थियो। वैकल्पिक सरकार गठनका लागि प्रदेश सभा सक्षम रहेको भन्दै २५ वैशाखपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन प्रदेश प्रमुखलाई सन्देश समेत प्रवाह गर्न प्रदेश सभा सचिवालयलाई भनिएको थियो।
मुख्यमन्त्री कार्की भने विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडानमा छन्। राष्ट्रपति रामचन्द्र पौडेललाई सादर अवगतार्थ भन्दै वोधार्थ दिएका छन्।
काकील्े संविधानको धारा १६८ (५) बमोजिम निर्माण भएको सरकारको विकल्पमा धारा १६८ को (२) वा १६८ को (३)को सरकार बन्न सक्दैन भन्ने दाबी गरेका छन्।
कार्कीले प्रदेश सभाबाट संकल्प प्रस्ताव पारित पारित भएकै आधारमा मुख्यमन्त्रीको पद संवैधानिक तवरबाट रिक्त नरहेसम्म अर्को मुख्यमन्त्रीको चयन हुन नसक्ने तथ्य अघि सारेका छन्।
उनले प्रदेश सभाका ५२ सदस्यको निवेदनबाट मुख्यमन्त्री पद रिक्त नभइ अर्को वैकल्पिक सरकार निर्माृण हुन सक्दैन ।



ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...