
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो विकसित राजनीतिक घटनाका विषयमा छलफल भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा विहीबार दिउँसो प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो।
भेटमा उपनिर्वाचनको समीक्षा र समसामयिक विषयमा छलफल भएको स्रोतले बतायो। गत वैशाख १५ गते सम्पन्न इलाम–२ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा एमालेका उम्मेदवारहरुले विजय हासिल गरेका थिए।
इलाम–२ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई माओवादी केन्द्रले समर्थन गरेको थियो भने बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र १ (१)मा माओबादीले पनि उम्मेदवार उठाएको थियो।
गठबन्धनमा आवद्ध नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको असन्तुष्टि र प्रदेश सरकारबारे प्रधानमन्त्री प्रचण्ड र ओलीबिच छलफल भएको बुझिएको छ। कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले राजिनामा नदिएपछि के गर्ने भन्ने विषयमा पनि छलफल भएको बुझिएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...