
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल आइतबार विधिवत रुपमा विभाजित भएको छ।
जसपा नेता अशोक राई नेतृत्वको समूहले प्रतिनिधि सभाका १२ मध्ये ७ सांसदहरु आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा आइतबार निवेदन लिएर गएका थिए।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका नेता अशोक राई, सांसदहरु नोबलकिशोर साह सुडी, प्रदीप यादव, रञ्जु झा, वीरेन्द्र महतो, हसिना खान र सुशीला श्रेष्ठ रहेका छन्।
त्यस्तै केन्द्रीय कार्यकारिणी समितिका ९ जना र केन्द्रीय समितिका २७ जनाले राई समूहलाई साथ दिएका छन्। उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीसमेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला अर्को समूहले निर्वाचन आयोगमा आधिकारिकता दाबी गरेको हो।
साह सढी संघीय सरकारमा वन तथा वातावरण मन्त्री समेत छन्। राई र महतो यसअघि कांग्रेस गठबन्धन सरकारमा मन्त्री थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...