पद्मकन्यामा ‘डाइवेटिज टक’ कार्यक्रम सम्पन्न – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

पद्मकन्यामा ‘डाइवेटिज टक’ कार्यक्रम सम्पन्न

काठमाडौं । पद्मकन्या बहुमुखी क्याम्पसमा आइतबार ‘डाइवेटिज टक’ कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त  कार्यक्रममा पद्मकन्या बहुमुखी क्याम्पस, त्रिवि गृहविज्ञान विभाग, हेल्थ एक्स्चेञ्ज नेपाल र डाइवेटिज नेपालको संयुक्त आयोजनामा पद्मकन्या बहुमुखी क्याम्पसमा ‘डाइवेटिज टक’ कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा स्वास्थ्यबिज्ञहरुले डायवेटिज के कारणले हुन्छ र त्यसबाट कसरी जोगिन सकिन्छ भन्नेबारेमा जानकारी गराएका थिए।

बेलायतका जेरेमी टनरले ओस्टियोपोरोसिस एण्ड डाइवेटिज, बेलायतबाटै आएका सत्यन राजभण्डारी मधुमेहका बिरामीले खानामा ध्यान दिनुपर्ने कुराहरु तथा प्रदीपकुमार श्रेष्ठले माइक्रो वायोम एण्ड डाइवेटिज र राजेन्द्र ताम्राकारले इन्सुलिन उपचार बिधिका बारेमा छुट्टाछुट्टै प्रस्तुती दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख प्रा.डा.जयालक्ष्मी प्रधानले यस किसिमको कार्यक्रमबाट क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थी लाभान्वित हुने बिश्वास व्यक्त गरिन्। सो छलफल कार्यक्रममा प्राध्यापक, कर्मचारी र विद्यार्थी गरी ११० जनाको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार

क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
  • २०८१ बैशाख २४, ११: ०२

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०८१ बैशाख २४, ११: ०२

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०८१ बैशाख २४, ११: ०२

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...