कोशी खेलकुद विकास वोर्डका सदस्य–सचिव पर्शुराम बस्नेतलाई २४ घण्टे स्पष्टीकरण – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कोशी खेलकुद विकास वोर्डका सदस्य–सचिव पर्शुराम बस्नेतलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन्।

आफूलाई पर्शुराम बताउने विराटनगर महानगरपालिका वडा नं. ११ का कृष्ण बस्नेतलाई मुख्यमन्त्री कार्कीले हिजो आइतबार स्पष्टीकरण सोधेका हुन्।

२०७९ मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा सहभागी भई निर्वाचन खर्च विवरण समेत नबुझाएको भन्दै मुख्यमन्त्री कार्कीले बस्नेतलाई स्पष्टीकरण सोधेका हुन्।

बस्नेत २०७९ मंसिर ४ को निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ को प्रदेश सभा ‘ख’बाट नेकपा एमालेको उम्मेदवार बनेका थिए।

‘प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १२ (ङ), ऐ ऐनको दफा १३ तथा प्रदेश खेलकुद ऐन २०७६ को दफा २७ प्रतिकुल तपाईंको पदले निरन्तरता पाउने हो होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पस्ट पार्नुहुन जानकारी गराइन्छ । अन्यथा नियमानुसार हुन समेत जानकारी गराइन्छ,’ स्पष्टीकरण पत्रमा लेखिएको छ ।

कोशी प्रदेशका तत्कालिन मुख्यमन्त्री भीमप्रसाद आचार्यले बस्नेतलाई ०७८ असोज २४ गते खेलकुद विकास बोर्डको सदस्य सचिव नियुक्त गरेका थिए। त्यसपछि राजेन्द्र राई नेतृत्वको मन्त्रिपरिषदले २१ चैत २०७८ मा उनलाई पदमुक्त गरेर हंशराज वाग्लेलाई सदस्य सचिव नियुक्त गरेको थियो।

मन्त्रिपरिषदको निर्णयविरुद्ध बस्नेतले १४ वैशाख २०७९ मा उच्च अदालत विराटनगरमा रिट दिएका थिए । सोही रिटमा दुई वर्षपछि उच्च अदालतले बस्नेत पुनर्बहाली हुने फैसला गरेको थियो। विवादस्पद पृष्ठभूमि र चरित्रका बस्नेतमाथि गुण्डागर्दीको आरोप समेत लाग्ने गरेको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ बैशाख २४, १२: ५०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ बैशाख २४, १२: ५०

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ बैशाख २४, १२: ५०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...