राष्ट्रपतिबाट आममाफी पाएकी निशाको जन्मदर्ता किर्ते गर्ने झापाका तिवारी पक्राउ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
गौरादह ७ का वडाध्यक्ष खरेल पनि कीर्तेमै परेका थिए निलम्वनमा

राष्ट्रपतिबाट आममाफी पाएकी निशाको जन्मदर्ता किर्ते गर्ने झापाका तिवारी पक्राउ

दमक । झापा जिल्लाको गौरादह नगरपालिका वडा नम्बर ७ ग्वाल्डुब्बाका वडा सचिव ओमनाथ तिवारीलाई सरकारी कीर्ते गरेको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गौरादह नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष बलराम खरेलका विश्वास पात्र कर्मचारी तिवारीलाई जन्म दर्ता किर्ते प्रकरणमा प्रहरीले पक्राउ गरेको जनाइएको छ।

सरकारी छाप र दस्तखत किर्तेगरी स्थानीय निशा माझीको जन्म दर्ताको प्रतिलिपी बनाएकोले भन्दै प्रहरीले उनलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक अरविन कुमार साहले बताए।

तिवारीलाई मंगलबार बिहान साडे १० बजे कार्यालय परिसरबाटै पक्राउ गरी झापा जिल्ला अदालतमा पेश गरी पाँच दिनको म्याद थपेर थपअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

वडा सचिव तिवारीले २०७६ मा कर्तब्य ज्यान मुद्दाकी अभियुक्त निशा माझीलाई आम माफी दिलाउन जन्म मिति घटाएर जन्म दर्ताको प्रतिलिपि जारी गरेको जनाईएको छ।

साबिकको जुरोपानी गाबिस वडा न ९ हाल गौरादह नगरपालिका वडा. नं. ७ की ११ बर्षिया बालिका अस्मिता राजवँशीको २०७१ जेठ ३० गते भएको हत्याको अभियोगमा अदालतबाट निशालाई दोषि ठहर गरी जेल सजाय तोकिएको थियो।

जेल सजाय भोगिरहेकी निशा माझीलाई घटनाको बखत नाबालिका भएको देखाउन गत २०७९ असोज ३ गते संविधान दिबसको अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा
आममाफी दिलाउन वडा सचिव तिवारीले किर्ते कागजात बनाएका थिए।

वडासचिव तिवारीले अभियुक्त माझीको उमेर ३ बर्ष घटाएर जन्मदर्ताको प्रतिलिपि जारी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको बुझिएको छ।

अभियुक्त माझीको सक्कली जन्म दर्तामा जन्म मिति २०५२ कार्तिक ४ गते उल्लेख भएकोमा २०७६ मा वडा सचिब तिवारीले उनको उमेर ३ बर्ष घटाएर जन्म मिति २०५५ साल उल्लेख गरी प्रतिलिपि जारी गरेको श्रोतको दाबी छ।

अभियुक्त माझीको उमेर ३ बर्ष घटाउदा हत्याको घटनाको समय अभियुक्तको उमेर १६ बर्ष मात्र देखिनेभइ अभियुक्त माझी नाबालिका रहेको देखाइ २०७९ असोज ३ गते राष्ट्रपतिबाट उनले बाँकी जेल भुक्तानको सजाय आममाफी पाएकी थिइन्।

घटनाअनुसार २०७१ जेठ ३० गते बिद्यालयबाट घर फिर्किने क्रममा ११ बर्षिया बालिका अस्मिता राजवँशी बेलुका ४ बजेदेखि बेपत्ता भएको र २ दिनपछि दमक गौरीगञ्ज सडक खण्ड अन्तर्गतको जुरोपानीको सिसौ घारीमा घासले छोपेको अबस्थामा शब फेलापरेको थियो।

गौरादह नगरपालिका वडा नं.७ का वडाध्यक्ष बलराम खरेल तत्कालिन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निकटसम्वन्ध भएकै आधारमा जग्गा धनी प्रमाणपूर्जा वितरण गर्दा कीर्ते गरेको भनी जिल्ला अदालत झापाले दोषी ठहर गरेको थियो।

अघिल्लो कार्यकालमा समेत वडाध्यक्ष रहेका खरेल केही समय निलम्वनमा परे पनि फेरि २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सोही वडाबाट अध्यक्षमा निर्वाचित भएका थिए। वडाध्यक्ष र वडासचिव क्रमश कीर्तेमा पर्नुलाई संयोग मात्र नभएको स्थानीय बताउँछन्।

वडाध्यक्ष खरेलमाथि लागेको अभियोगको अझै अन्तिम किनारा लागेको छैन । कोशी प्रदेशका सभामुख अम्वरबहादुर बिष्ट यही वडाका हुन्।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ बैशाख २६, १७: ०९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ बैशाख २६, १७: ०९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ बैशाख २६, १७: ०९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...