‘संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक’ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
प्रधानमन्त्रीसँग कांग्रेसका शीर्ष नेताबीच छलफल

‘संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक’

काठमाडौं। संघीय संसदको गतिरोध अन्त्य गरी नेपाली कांग्रेसको मागलाई संवोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल शप्रचण्ड’ सकारात्मक भएको नेपाली कांग्रेसले जनाएको छ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा प्रधानमन्त्री दाहालसँग भनेको छलफलमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफूहरुको मागमा प्रधानमन्त्री सकारात्मक भएको बताएका हुन्।

नेपाली कांग्रेसले गृहमन्त्री रबी लामिछानेमाथि आधा दर्जन बढी सहकारीमा ठगी गरेको आरोप लागेपछि नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। कांग्रेसले आफ्नो माग संवोधन नभएको भन्दै संसदको वर्षे अधिवेशनको शुरुवातको पहिलो दिन शुक्रबार नै सदनको नियमित कारबाही अघि बढ्न दिएको थिएन।

प्रधानमन्त्री दाहालसँगको छलफलपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेता लेखकले भने, ‘संसदीय छानबिन समिति गठन गर्ने कुराका बारेमा हामीले हाम्रो कुरालाई यथावत राखेका छौँ । प्रधानमन्त्रीजीले सकारात्मक कुरा गर्नुभएको छ ।’

नेपाली कांग्रेस संसदीय कार्यसमिति बैठक सोमबार दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने भन्दै लेखकले ती बैठकबाट कांग्रेसले थप निर्णय लिने बताए।

आगामी जेठ १ गते आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेताहरूलाई छलफलका लागि बालुवाटारस्थित निवासमा बोलाएका थिए।

ेछलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ बैशाख ३०, १२: ४५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ बैशाख ३०, १२: ४५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ बैशाख ३०, १२: ४५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...