राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालले दिए राजिनामा – Naya Bikalpa
May 24, 2024, Friday

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालले दिए राजिनामा

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा.चिरञ्जीवी नेपालले पदबाट राजीनामा दिएका छन्।

नेपाल राष्ट्र वैंकलाई एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्न दिने निर्णय गर्ने मन्त्रिपरिषदको निर्णयविरुद्ध अभिव्यक्ति दिएपछि डा. नेपाल विवादमा तानिएका थिए।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले डा.नेपालले दिएको राजीनामा आइतबार स्वीकृत भएको जानकारी दिइन्।

गत वैशाख २० गतेको मन्त्रिपरिषद बैठकले कालापानी, लिपुलेक भूभागलाई समेटेर जारी गरिएको नयाँ नक्सा एक रुपैयाँको नोटमा राख्ने निर्णय गरेको थियो।

डा.नेपालले सञ्चार माध्यममा प्रतिक्रिया दिँदै भारतसँग वार्ता भइरहेको बेला नयाँ नक्सा नोटमा राखिनु गलत भएको अभिव्यक्ति दिएका थिए।

एमाले संसदीय दलको शुक्रबार बसेको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डा. नेपालको अभिव्यक्तिको विरोध जनाउँदै यो विषयलाई संसदमा गम्भीर रुपमा उठाउने बताएका थिए।

नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने निर्णय गरेकोमा भारत असन्तुष्ट छ।

भारतीय विदेशमन्त्री एस जयशंकरले सीमाबारे दुई देशबीच स्थापित संयन्त्रमा छलफल भइरहेका बेला नेपालले एकतर्फी निर्णय गरेको बताएका थिए।

सम्बन्धित समाचार

सभामुख घिमिरेविरुद्ध महाअभियोग ल्याउने काँग्रेसको चेतावनी
सभामुख घिमिरेविरुद्ध महाअभियोग ल्याउने काँग्रेसको चेतावनी
  • २०८१ बैशाख ३०, १३: ००

काठमाडौं। प्रमुख विपक्षी नेपाली काँग्रेसले सभामुख देवराज घिमिरेविरुद्ध महाअभियोग लगाउने चेतावनी दिएको छ। पार्टीभित्र र विपक्षी दलहरूको बैठकमा सभामुखलाई महाअभियोग...

सहकारी पीडितले सम्झौता कार्यान्वयन नभएको भन्दै शुरु गरे आन्दोलन
सहकारी पीडितले सम्झौता कार्यान्वयन नभएको भन्दै शुरु गरे आन्दोलन
  • २०८१ बैशाख ३०, १३: ००

काठमाडौ। आफूहरुले जग्म्मा गरेको बचत फिर्ताका लागि नेपाल सरकारले गरेका सम्झौताहरू कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले राजधानीमा आन्दोलन शुरु गरेका...

यो वर्ष सगरमाथा आरोहण गर्नेमध्ये पाँचको मृत्यु
यो वर्ष सगरमाथा आरोहण गर्नेमध्ये पाँचको मृत्यु
  • २०८१ बैशाख ३०, १३: ००

काठमाडौं। यस वर्षको सगरमाथा आरोहणका क्रममा अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ। पर्यटन विभागले बिहीबार साँझ सार्वजनिक गरेको विवरणअनुसार नेपाली...