त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५ किलो सुनसहित दुई भारतीय पक्राउ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५ किलो सुनसहित दुई भारतीय पक्राउ

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट चेकजाँच भई वाहिरिएका दुई जना भारतीय नागरिकलाई करिब पाँच किलो सुनसहित प्रहरीले पक्राउ गरेको छ।

क्राउ पर्नेमा भारतीय नागरिक वर्ष ३३ का सुरेश कुमार र वर्ष ३४का मोहन कुमार गणेशन रहेका छन्।

विमानस्थल भन्सारबाट पास भएर स्वागतद्वार नजिक पुगेपछि उनीहरुलाई विमानस्थल प्रहरीले सोमबार साँझ नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका सुरेश कुमार र मोहन कुमारले लगाएको टी–सर्ट, पेन्टी र जिन्स पाइन्टमा लेपन गरिएको अवस्थामा सुन बरामद भएको थियो।

सुरेश कुमारबाट बरामद सुन कपडासहित २ किलो ६०० ग्राम र मोहन कुमारबाट बरामद भएको सुन कपडासहित २ किलो ५०० ग्राम रहेको नेपाल प्रहरीले जनाएको छ।

फ्लाई दुबईको उडान नम्बर एफजेड ५७५ को विमानबाट सोमबार बेलुका पौने ७ बजे काठमाडौंमा ओर्लिएका उनीहरु भन्सार चेकिङबाट स्वागतद्वार नजिक शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई प्रहरीले आइतबार राति प्रहरी बृत्त गौशालामा राखेको थियो। आवश्यक अनुसन्धान गरी मंगलबार विमानस्थल भन्सार कार्यालयको जिम्मा लगाइने काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) दिपक थापाले जानकारी दिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ बैशाख ३१, १३: ०१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ बैशाख ३१, १३: ०१

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ बैशाख ३१, १३: ०१

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...