
काठमाडौं । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ।
गत वैशाख २३ गते महानगरपालिका १७ स्थित मोबिल स्टोर भएको टहरामा आगलागी हुँदा सञ्जय गिरीको परिवारका पाँच जना घाईते भएका थिए।
दुई छोरीको मृत्युपछि सोमबार आमाको पनि मृत्यु भएपछि आगलागीमा परी ज्यान गुमाउनेको संख्या तीन पुगेको हो।
आगलागीबाट गिरी परिवारका पाँच सदस्य घाइते भएका थिए। उनीहरुलाई उपचार गर्न ग्वार्कोस्थित किस्ट अस्पताल लगिएको थियो।
वैशाख २४ गते सञ्जय गिरीका छोरीहरु ८ वर्षीया प्रिया र ३ वर्षीया एलिसाको मृत्यु भएको थियो। आज सञ्जयकी श्रीमती ३२ वर्षीया रुपा गिरीको पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए।
आगलागीमा परी घाइते भएका सञ्जयको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। उनीहरुका भतिज १५ वर्षीय नित गिरीको पनि उपचार जारी छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...