
काठमाडौं। नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको आज दिउँसो बस्ने भनेको संसदीय दल र संसदीय कार्यसमितिका दुबै बैठक सरेको छ।
आज दिउँसोका लागि तय गरिएका दुवै बैठक स्थगित गरी भोली जेठ १ गते मंगलबार विहान बस्ने भएको छ। संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र दलको बैठक ९ बजे बस्ने भएको हो।
दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने तय भएको जनाइएको छ।
संसदमा भएको अवरोध र त्यसको निकासका सन्दर्भमा विकसित घटनाक्रमबारे थप छलफल गर्नका लागि बैठक बोलाइएको कांग्रेसले जनाएको छ।
कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै त्यस सम्वन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ। सरकार समिति गठन गर्न तयार नभएपछि संसद सुचारु हुन सकेको छैन।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...