
काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सोमबार पदबाट राजीनामा दिएका छन्। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा विगत करिब दुई महिनादेखि उपप्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएका यादवले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भन्दै राजीनामा दिएको बताएका छन्।
मन्त्री यादवसँगै जसपा नेपालबाट बन तथा वातवरण राज्यमन्त्रीको जिम्मेवारीमा रहेका राज्यमन्त्री दिपक कार्कीले पनि पदबाट राजिनामा दिएका छन् । सोमबार बस्न लागेको जसपा नेपालको कार्यकारिणी समितिको बैठक अगाडि नै यादवले राजीनामा बुझाएका हुन्।
अघिल्लो साता जसपा नेपालका अध्यक्ष यादव सयुक्त राज्य अमेरिकाको भ्रमणमा रहँदा पार्टीका बरिष्ठ नेता तथा सांसद असोक राईसहितका नेतालाई पार्टी विभाजन जनता समाबादी पार्टी खोलेका थिए। राई नेतृत्वको जनता समाजवादी पार्टी भने अहिले प्रचण्ड सरकारमै छ।
प्रतिनिधिसभामा १२ सांसद रहेको जसपामा ७ सांसद भएका छन् भने यादवसँग हाल पनि ५ जना संघीय संसदका सदस्य रहेका छन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...